Successfully Copied

स्कोप देखेरै नेपाल फर्किएकी हुँ : श्रद्धा मास्के

श्रीमान् र छोरासँग लन्डनमा बस्दै आएकी श्रद्धा मास्के मेकअप आर्टिस्टका रूपमा उतै व्यस्त थिइन् । २०१३ मा कामको सिलसिलामा नेपाल आउँदा उनले यहाँ यति धेरै अवसर देखिन् कि उनको मनमा लन्डन छोडेर नेपाल बस्ने सोच आउन थाल्यो । त्यतिबेला नेपालमा मेकअप आर्टिस्टहरू कमै थिए ।

श्रीमान् र छोरासँग लन्डनमा बस्दै आएकी श्रद्धा मास्के मेकअप आर्टिस्टका रूपमा उतै व्यस्त थिइन् । २०१३ मा कामको सिलसिलामा नेपाल आउँदा उनले यहाँ यति धेरै अवसर देखिन् कि उनको मनमा लन्डन छोडेर नेपाल बस्ने सोच आउन थाल्यो । त्यतिबेला नेपालमा मेकअप आर्टिस्टहरू कमै थिए । श्रद्धा मास्केलाई नेपालमै केही गर्न सक्छु भन्ने लाग्यो । त्यतिबेला एडोटोरियल मेकअप, आर्टिस्ट मेकअप गर्नेहरू थिएनन् । उनले गरेका ती मेकअप धेरैले रुचाए । केही समयको बसाइमै उनले थुप्रै पत्रपत्रिका तथा सोहरूका लागि मेकअप गर्ने मौका पाइन् । लन्डन फर्किएपछि पनि नेपालबाट मेकअप क्लासका लागि अनुरोध आउन थाले । छोरो जन्मिएपछि लन्डनमा भनेजस्तो दिनरात काम गर्न नसक्दा उनलाई गाह्रो भैरहेको थियो ।

लन्डनमा एक वर्षको छुट्टी लिएर नेपालमा काम गर्ने सोचका साथ श्रद्धा काठमाडौं आएकी थिइन् तर नेपाल आएकै दिनदेखि उनी यति व्यस्त भइन् कि लन्डन फर्कने सोच नै दिमागबाट हट्यो । उनलाई नेपालमा मेकअप आर्टिस्टका रूपमा स्थापित हुन एक वर्ष पनि लागेन । श्रद्धालाई आफ्नो रफ्तार देखेर लाग्यो, किन युवाहरू बिदेसिन्छन् ? नेपालमै केही नयाँ काम गर्नुपर्छ, यहाँ जे पनि गर्न सकिन्छ । बाहिर प्रतिस्पर्धा धेरै हुने भएकाले स्थापित हुन निकै कठिन छ तर यहाँ राम्रो काम गर्नेहरूले राम्रो आय आर्जन गर्न सक्छन् । 

श्रद्घाले नेपालमा काम गर्न थालेको साढे दुई वर्ष भएको छ । यस दौरान उनले कुनै पनि दिन फुर्सद छ भनेर बस्नु परेको छैन । नेपालमा चल्तीका पत्रपत्रिकाका लागि कभर मेकअप, चलचित्र, म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोहरूमा मेकअप आर्टिस्टका रूपमा काम गरिसकेकी श्रद्धाले बितेका दुई वर्षदेखि मिस नेपालमा ग्रुमिङसम्बन्धी प्रशिक्षणसमेत दिँदै आएकी छिन् । उनी यसरी व्यस्त हुनुमा आफूले कुनै पनि कामलाई ठूलो–सानो नमान्नु पनि हो भन्छिन् । श्रद्धाका अनुसारकामका लागि नेपालजस्तो राम्रो देश अरू छैन ।

नेपालमा के–कस्ता स्कोप छन् ?

नेपालमा धेरै कुराको स्कोप छ । यद्यपि हामी जसले कुनै नयाँ काम गर्छ वा जुन कुरा चलेको देख्छौं, उसकै मात्र पछि लाग्छौं । यसले गर्दा बजार बिग्रिरहेको छ । नेपालमा सबैले मेकअप आर्ट नै सिक्नुपर्छ भन्ने छैन, नेपालमा छुट्टै हेयर स्टाइलिस्ट, नेल आर्टिस्ट, छुट्टै वाक्सिङ, थ्रेडिङ तथा फेसियल गर्ने टेक्निसियनहरूको कमी छ । अझै पनि एकै जनाले मेकअप, हेयर, नेल सबै हेर्नुपर्छ । अहिले यी विभिन्न विधामा विशेषता हासिल गर्नेहरूका लागि राम्रो स्कोप छ । 

 Image