Successfully Copied

कामले मानिस  सानो–ठूलो हुँदैन

नेपालमा समस्या नै समस्या छ, बजार छैन भनिन्छ । यद्यपि त्यही भएर धेरै अवसर पनि छ भन्ने आयुषी खाली सिसी र कबाडीका साथमा जिन्स पनि कलेक्ट गर्छिन् । किलोको १० रुपैंयाँसम्म दिने आयुषी ती जिन्स एकल महिलाको समूहलाई जिम्मा दिन्छिन् । त्यसबाट ती महिलाहरूले ब्याग, पर्स,

आइएनजीओमा जागिरे आयुषीलाई अरूभन्दा फरक आफ्नै व्यवसाय गर्ने रहर थियो । आफ्नै काम हुँदा सन्तुष्टि, काममा उत्सुकता र जाँगर पनि हुने उनको अनुभव छ । त्यसैले धेरै समय सोचेर आयुषी केसीले सुरु गरिन् आफ्नो व्यवसाय, खाली सिसी डटकम । आयुषीले सुरु गरेको खाली सिसी डटकम फोहोर अर्थात् कबाडीको डिजिटल माध्यमबाट व्यवसाय गर्ने थलो हो ।

घर, कार्यालय, अस्पताल, अपार्टमेन्टसहितका क्षेत्रबाट निस्कने फेरि प्रयोग गर्न मिल्ने वा नवीकरण गर्न सकिने फोहोरको कारोबार यहाँबाट गर्न सकिन्छ । उनीहरूसँग हाल २ सय ५० खाली सिसी संकलक सम्पर्कमा छन् ।

आयुषी भन्छिन्–हामीलाई यो ठाउँमा यस्तो फोहोर छ भनेर जानकारी दिएपछि संकलकहरू त्यहाँ पुग्छन् र त्यसको मूल्य तिरेर सामान ल्याउँछन् । हामीले त्यस्तो कबाडी किन्ने व्यवसायीहरूको व्यवस्था गरेका हुन्छौं । यसको अर्थ कबाडी एजेन्ट जस्तो लाग्छ तर एजेन्टसँगै कबाडी संकलनलाई नै पेसाका रूपमा स्थापित गर्ने प्रयासमा लागिपरेकी छिन् उनी । कुनै पनि काम गर्न आँट चाहिने आयुषीले बताइन् । नेपालमा यस्ता थुप्रै काम गर्न सकिन्छ तर त्यसका लागि सोच, स्किल र पोजिटिभ भाइब्स चाहिन्छ ।

नेपालमा समस्या नै समस्या छ, बजार छैन भनिन्छ । यद्यपि त्यही भएर धेरै अवसर पनि छ भन्ने आयुषी खाली सिसी र कबाडीका साथमा जिन्स पनि कलेक्ट गर्छिन् । किलोको १० रुपैंयाँसम्म दिने आयुषी ती जिन्स एकल महिलाको समूहलाई जिम्मा दिन्छिन् । त्यसबाट ती महिलाहरूले ब्याग, पर्स, फाइलहरू बनाई अतिरिक्त आम्दानी गर्छन् । त्यस्तै पत्रिकाको प्रयोग गरेर पेन्सिल बनाइरहेकी छिन् । यसबाट काठको उपयोग कम गर्न सकिने र पेपरको पनि रियुज हुने उनले बताइन् । आयुषी भन्छिन्–नेपालमा गर्न सकिने धेरै काम छन्, त्यसैले हामीले बिदेसिइ रहनु पर्दैन । 

आयुषीलाई यसअघि गरिरहेको कामभन्दा बढी सन्तुष्टि मिलेको छ आफ्नो यो कामबाट। त्यसमा पनि अमेरिकाको बिजनेस म्यागजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने ‘३० अन्डर ३०’ को सूचीमा पारेपछि उनी थप उत्साहित छिन् । फोहोरलाई आफ्नो व्यवसायको आधार बनाएकी आयुषी विश्वका त्यस्ता युवा जसले अरूलाई पनि प्रभावित तुल्याउन सक्छन् को सूचीमा समेटिएकी छिन् । त्यसका साथसाथै उनले सुरु गरेको खाली सिसीको कथालाई गुगलले उत्कृष्ट १० भित्र राखेको थियो । 

के–कस्ता स्कोप छन् त ?

अर्गानिक फोहोरबाट मल बनाई व्यवसाय गर्न सकिन्छ । सिसालाई जति पनि रिसाइकल गर्न सकिन्छ तर त्यसको फेसिलिटी, प्रविधि हामीसँग छैन । त्यस्तो प्रविधि भित्राएर व्यवसाय गर्न सकिन्छ । डिजिटल टेक्नोलोजी प्रयोग गरी ट्रेडिसनल कामहरूलाई बजारमा ल्याउन सकिन्छ । त्यस्तै बाहिरको कुनै सफल आइडिया छ भने कपी पेस्ट गर्दा पनि राम्रै हुन्छ । काम गर्नेहरूका लागि नेपालमा प्रशस्तै स्कोप छन् ।

 Image