Successfully Copied

म आफूलाई नायिका मान्दिन : दिया मास्के

म आफूलाई नायिका मान्दिन, म सिर्फ कलाकार हुँ । नायिका भनेर सम्बोधन गर्दा म एउटा सीमित घेरामा हुन्छु, उकुसमुकुस बनाउँछ त्यसले । 

 दिया मास्के, कलाकार

तपाई आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?

म आफूलाई नायिका मान्दिन, म सिर्फ कलाकार हुँ । नायिका भनेर सम्बोधन गर्दा म एउटा सीमित घेरामा हुन्छु, उकुसमुकुस बनाउँछ त्यसले । 

यो क्षेत्रमा आउनुको श्रेय कसलाई दिनुहुन्छ ?

नृत्यमा आउन अमर शिशु स्कुल, अभिनयका लागि अनुप बराल ।

तपाईं कस्ती स्वभावकी हुनुहुन्छ ?

साधारण, छुच्ची, चित्त नबुझेको कुरा मुखैमा भन्ने र रिसाइहाल्ने । 

तपाईंका रुचि के–कस्ता छन् ?

पेन्टिङमा रुचि छ । सानो हुँदा कार्टुन बनाउँथें अहिले बिर्सिएकी छु  कार्टुन फेरि सिक्न मन छ । 

रमाइलो कसरी गर्नुहुन्छ ?

नृत्य, अभिनय र आर्टमै रमाउँछु । 

तपाईं कत्तिको फेसन कन्सस हुनुहुन्छ ?

म फेसन कन्सस छैन । लुगा सुहाउनुपर्छ, सफा हुनुपर्छ । म प्रायः क्याजुअल वेयरमै हिँड्छु, हिल लगाउँदिन, हिल स्वास्थ्यका दृष्टिले पनि उपयुक्त हुँदैन । 

 Image