Successfully Copied

जेठ महिनाको राशिफल 

पारिवारिक मेलमिलाप बढ्नेछ । काम गर्दा सानातिना समस्या आइलाग्न सक्छन् । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुहोला । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले मूर्तरूप लिनसक्छ । खानपानका साथै व्यायाममा पनि ध्यान दिनसके स्वास्थ्य राम्रो रहनेछ ।

मेष

पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । कुनै शुभ कार्यमा सहभागी हुनुपर्ला । दाम्पत्य जीवनमा समझदारी कायम रहला । आफ्नो इच्छानुसार किनमेल हुनेछ । आकस्मिक उपहार मिल्नसक्छ । आफू अनुकूल समय बिताउने मौका मिल्नेछ । कसै–कसैले तपाईंको सोझोपनको फाइदा उठाउन सक्छन् । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुपर्नेछ । 

वृष 

विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्ला । कहिलेकाहीँ सानातिना कुरामा पनि धेरै दिमाग खियाउनुपर्ला । संयमित भएर काम गर्नुपर्ने बेला छ । हडबडीमा कुनै पनि कार्य नगर्नुहोला । सकेसम्म आफ्नो कार्य आफैं गरे मनमा कुनै तनाव हुनेछैन । आफ्नो वाकपटुता र कार्यदक्षता राम्रोसँग प्रदर्शन गर्नसके सम्भावित विवाद एवं अपजस टर्नसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । 

मिथुन

समयअनुसार सबै काम सम्पन्न हुँदै जानेछन् । साथीहरू सहयोगी रहनेछन् । रमाइलो भेटघाट गर्ने मौका पनि जुर्नेछ । काममा व्यस्त हुनुपर्ला । सकेसम्म आफ्नो कार्य आफैं गर्ने प्रयास गर्नुहोला । व्यक्तिगत कामका लागि केही समय निस्कनेछ । आफ्नो जोडीको मनको कुरा बुझी काम गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । कसैसित बोल्दा वा व्यवहार गर्दा सजग रहनुहोला । 

कर्कट

योजनानुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । विशेष कामले यात्रा गर्नुपर्ला । शुभ कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । मनोरञ्जक कार्यतिर पनि मन जानेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी हुँदाहुँदै पनि कहिलेकाहीँ खटपट पर्नसक्छ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्ने भएकाले बोल्दा, ठट्टा गर्दा एवं व्यावहारिक कार्य गर्दा सजग रहनुहोला । व्यावसायिक क्षेत्र सफल रहनेछ । 

सिंह

रोकिएका अधूरा काम क्रमशः पूरा हुँदै जानेछन् । मन पुण्य कार्यतर्फ अग्रसर रहनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । माइती, मावली एवं मित्रवर्गबाट अपेक्षित सहयोग प्राप्त होला । विभिन्न कुराको लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ । आर्थिक एवं व्यावसायिक दुवै पक्ष सुदृढ रहनेछन् । सन्तान सुख प्राप्त हुनेछ । 

कन्या

पारिवारिक मेलमिलाप बढ्नेछ । काम गर्दा सानातिना समस्या आइलाग्न सक्छन् । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुहोला । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले मूर्तरूप लिनसक्छ । खानपानका साथै व्यायाममा पनि ध्यान दिनसके स्वास्थ्य राम्रो रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनसक्छ । 

तुला

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । कुनै कुराले मनमा द्विविधा हुनसक्छ । काम गर्ने जाँगरमा पनि कमी आउनसक्छ । श्रीमान्ले गरेको कुनै काम चित्त नबुझ्नसक्छ । कसैकसैलाई सन्तान प्राप्तिको योग छ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । आफ्नो स्वास्थ्य एवं खानपिनको राम्रो ख्याल गर्नुहोला । आफूलाई चित्त नबुझेको कुरा राम्रोसँग भन्न सके दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । 

वृश्चिक 

काममा अपेक्षित सफलता हात पर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सामान्य खटपट भए पनि माया एवं समझदारी यथावत् रहनेछ । पेटसम्बन्धी समस्या सिर्जना हुनसक्ने भएकाले खानपिनमा सजग रहनुहोला । कुनै कुराले मनमा तनाव सिर्जना गर्न त कुनै कुराले खुसी तुल्याउन सक्छ । केही समय आफ्नो व्यक्तिगत कार्य, स्वास्थ्य एवं खुसीका लागि पनि छुट्याउनुहोला । 

धनु 

उन्नति गर्ने अवसर मिल्नेछ । अपेक्षा अनुरूप सफलता हात पर्दै जानेछ । छोराछोरीबाट सन्तोष प्राप्त होला । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै शरीर पनि स्वस्थ रहनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो सफलता हात लाग्नेछ । दिदीबहिनी एवं साथीसंगीसित रमाइलो भेटघाट हुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । नवीन रोजगारीको सम्भावना पनि छ । 

मकर    

नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने अवसर जुट्नसक्छ । पराक्रम बढ्नेछ । मनमा कुनै नवीन काम गर्ने सोच आउनसक्छ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । छोराछोरीले स–साना कुरामा निहुँ खोज्न सक्छन् । आफ्नो विवेक प्रयोग गरी तिनकै भाषामा सम्झाउने प्रयत्न गर्नुहोला । व्यक्तिगत कार्यमा सफलता मिल्नुका साथै आफ्नो खुसीका लागि केही समय निस्कनेछ । 

कुम्भ 

परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र सफल रहनेछ । तपाईंको इच्छाको ख्याल गरिनेछ । मानसम्मान मिल्नसक्छ । एक–अर्काको इच्छाको कदर गर्दै चित्त नबुझेको कुरा खुलस्त रूपले प्रकट गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । 

मीन 

काममा अपेक्षित सफलता हात पर्नेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । कतै घुमघाम हुनसक्छ । व्यक्तिगत एवं घरायसी सामानहरूको किनमेल हुनेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । आर्थिक लाभ हुनेछ । पारिवारिक खुसीका निम्ति केही खर्च हुनसक्छ । मनमा प्रसन्नता छाउनेछ । प्रियजनसित भेटघाट हुनेछ । व्यावसायिक क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ । 

 

 Image