Successfully Copied

पोर्टेबल फर्निचरको प्रयोग

घर बनाउने काम सामान्य हुँदैन । त्यसो हुँदा मानिसहरू सानै घरमा बस्न बाध्य छन् । सानो ठाउँमा घरका सम्पूर्ण सरसामानलाई सुव्यवस्थित ढंगबाट राख्न ठूलो समस्या हुन्छ । यस्तोमा मल्टियुज पोर्टेबल फर्निचर उपयुक्त विकल्प हुन सक्छन् ।

घर बनाउने काम सामान्य हुँदैन । त्यसो हुँदा मानिसहरू सानै घरमा बस्न बाध्य छन् । सानो ठाउँमा घरका सम्पूर्ण सरसामानलाई सुव्यवस्थित ढंगबाट राख्न ठूलो समस्या हुन्छ । यस्तोमा मल्टियुज पोर्टेबल फर्निचर उपयुक्त विकल्प हुन सक्छन् । यस्ता फर्निचरले कम ठाउँ लिनुका साथै हेर्दा पनि निकै आकर्षक देखिन्छन् । तौलमा हल्का हुने भएकाले यिनलाई सहज रूपमा यताउता सार्न सकिन्छ ।

आवश्यकताअनुसार यिनको डिजाइन पनि गर्न सकिन्छ । तुलनात्मक रूपमा यी सस्ता पनि छन् कारण यिनबाट अलग–अलग फर्निचरमा हुने खर्च पनि जोगिन्छ । यस्ता फर्निचरहरू स्टोरेजका लागि उपयुक्त हुन्छन् । बारम्बार इन्टेरियर परिवर्तन गरिरहनेहरूका लागि यो राम्रो विकल्प हो । बजारमा विभिन्न प्रकारका मल्टियुज पोर्टेबल फर्निचर उपलब्ध छ, जसलाई आफ्नो घरको इन्टेरियरमा समावेश गर्न सकिन्छ ।

कम्प्युटर टेबल कम स्टोरेज : यो टेबलमा कम्प्युटर राख्नेबाहेक अन्य धेरै कुरा स्टोरेज गर्न सकिन्छ । यसको तल्लो भाग बक्समा बाँडिएको हुन्छ, जसमा कम्प्युटरका सबै एसेसरिज राख्न सकिन्छ । केही टेबलको साइज यति आरामदायक हुन्छ कि यिनमा प्रिन्टर, सीपीयू, बुफर तथा स्पिकर्स एकसाथ राख्न सकिन्छ । यो कम्प्युटर टेबलको साइडमा एउटा स्लाइडिङ टेबल पनि अटेच हुन्छ । कतिपय टेबलका साथमा अटेच्ड वार्डरोब पनि हुन्छन् जसमा सम्पूर्ण स्टडी मटेरियल राख्न सकिन्छ ।

पोर्टेबल र मल्टिपर्पज टेबल : घरमा ठूलो सेन्टर टेबल राख्ने ठाउँ छैन भने पोर्टेबल कफी टेबल राम्रो विकल्प हुनसक्छ । पोर्टेबल भएका कारण यो टेबललाई फोल्ड गरी साइडमा राख्न सकिन्छ । केही टेबल ट्रेको सेपमा पनि आउँछन्, जसलाई फोल्ड गरी ट्रेकै रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

मल्टी पर्पज वाल युनिट : धेरैभन्दा धेरै सामान स्टोर गर्न वुडन वाल युनिट राम्रो विकल्प हो । यिनमा डेकोरेटिभ आइटम्सबाहेक टिभी, म्युजिक सिस्टम, डीभीडी प्लेयर, क्रकरी आदि राख्न सकिन्छ । बजारमा यस्ता वाल युनिट पनि उपलब्ध छन्, जसमा बाहिर सेल्फ हुन्छ र भित्र बक्स जति नै ठाउँ हुन्छ ।

लाइटवेट सेल्फ : यो लाइटवेट सेल्फ स–साना सामान राख्न प्रयोग गर्न सकिन्छ । चाहनाअनुसार यसलाई बाथरुम बाहिर लन्ड्रीको सामान राख्न पनि प्रयोग गर्न सकिन्छ । यसको एउटा सेल्फमा थुप्रै बक्स हुन्छन्, जसमा स–साना सामग्री राख्न सकिन्छ ।

स्टोरेज पुफ : यो आकारमा चौडा हुनुका साथै तौल पनि हल्का हुन्छ । माथिल्लो भाग हटाउँदा यो बक्समा परिवर्तन हुन्छ । यसमा स्टोरेजका लागि गहिरो स्पेस प्राप्त हुन्छ, जसमा कपडाका अतिरिक्त अन्य कुराहरू राख्न सकिन्छ ।

मल्टियुज क्रकरी : आजभोलि पोर्टेबल वुडन फर्निचरका साथमा क्रकरीलाई पनि मल्टियुज फर्निचरको श्रेणीमा राखिन्छ । अहिले धेरैलाई वाटर जारले आकर्षित गरेको छ । जारको प्रयोग भैरहेको छैन भने त्यसलाई सो–पिसका रूपमा ड्रइङ रुममा राख्न सकिन्छ । यो जार पार्टी पर्पोजका लागि उपयुक्त हुन्छ । यो हेर्दा जति आकर्षक छ, उत्तिकै हल्का पनि छ ।

बिग वाय : ग्लासबाट बनेका यस्ता वाय साइजमा ठूला हुन्छन् । यिनलाई सो–पिसका रूपमा प्रयोग गर्न सकिन्छ । यी क्रिस्टल ग्लासबाट बनेका हुन्छन्, जसलाई ड्रइङ रुममा राख्न सकिन्छ । ठूलो आकारका भए पनि यिनलाई एक्लै यताउति सार्न 

सकिन्छ ।

 

 Image