Successfully Copied

जोलीको प्रभावशाली भाषण

संयुक्त राष्ट्रसंघको ७३ औं अधिवेशनमा नेपाली चेली जोली अमात्यले सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापना भएको एक सय वर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेशनलाई सम्बोधन गरेकी हुन् ।

उनले गत अप्रिल १० मा उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुअवसर पाएकी हुन् । जोली हाल संयुक्त राष्ट्रसंघको मेजर ग्रूप फर चिल्ड्रेन एन्ड युथको सचिवालयमा कार्यरत छिन् । 

उनले सम्बोधनका क्रममा भनिन्–किन हरेक वर्ष १ दशमलव ७ खर्ब डलर सेनामा खर्च गरिन्छ ? किनभने आर्थिक नमुनाहरूले युद्धका उपकरण तथा कल्याणका बीचको भेद बताउन सक्दैनन् । 

अमात्य राष्ट्रसंघको इतिहासमै युवा सम्मेलनकी युवा अध्यक्ष पदमा पुग्ने पहिलो नेपाली थिइन् । दुई वर्षअघि जोलीले विश्वका युवाहरूको प्रतिनिधित्व गर्दै दोस्रो पटक पुनः उनले राष्ट्रसंघ हिउँदे युवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

 Image