Successfully Copied

नेपालमा डाउन सिन्ड्रोम दिवस

नेपालमा वार्षिक १ हजार ५ सय ३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ । विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशीले उक्त कुरा बताएकी हुन् । 

प्रत्येक वर्ष २१ मार्च २०१९ का दिन यो दिवस नेपाललगायत विश्वका अधिकांश राष्ट्रले मनाउँछन् । यो वर्ष नेपालमा डाउन सिन्ड्रोमका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व सम्पदा क्षेत्रमा सूचीकृत गद्दी बैठक, वसन्तपुर दरबार क्षेत्रमा पहेंलो र नीलो प्रकाशले प्रकाशित गर्ने तथा डाउन सिन्ड्रोमसम्बन्धी नाटकसहित यो दिवस मनाइयो । 

पहेंलो रंगले शरीर र मस्तिष्कमा ऊर्जा एवं आशावादी भावना जगाउँछ भने नीलो रंगले खुसीको भावना ल्याउँछ भन्ने सोचका साथ नीलो र पहेंलो मिश्रणले खुसी, आत्मनिर्भरता, लगनशीलताको भावना जगाई डाउन सिन्ड्रोम अवस्थाका बालबालिकालाई स्वतन्त्र, उत्पादनशील र मर्यादित जीवनतर्फ उत्प्रेरित गर्छ भन्ने सन्देशसहित यो दिवस मनाइएको थियो । डाउन सिन्ड्रोमको अवस्था अनुहारको विशेष लक्षण र शारीरिक एवं बौद्धिक कमजोरीबाट पहिचान हुन्छ भने रगतको जाँचबाट यसलाई पुष्टि गरिन्छ ।

 Image