Successfully Copied

उपचारले बाथ रोग नियन्त्रण गर्न सकिन्छ  

यही कारणले बाथ रोग लाग्छ भन्ने छैन । अध्ययनअनुसार जेनेटिकल्ली सस्सेप्टिबल इन्डुभिजुअललाई कुनै पनि किसिमको इन्फेक्सन वा वातावरणीय तत्वले ट्रिजर हुनसक्छ । मानिसको शरीरमा कुनै खास किसिमको जिन हुँदा पनि कुनै–कुनै बाथ हुन सक्छ । 

पुर्ख्यौली घर जाजरकोट भएकी डा. अभिलाशा शाह नेपालका कमै बाथ रोग विशेषज्ञमध्ये एक हुन् । हाल उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्‍युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् । 

बाथ कस्तो रोग हो ? 

यो अटो इम्युन डिजिज हो । समयमा उपचार नगरे यसले ज्यान जाने सम्भावना हुन्छ । हालसम्म १ सयभन्दा बढी किसिमका बाथ पत्ता लागिसकेका छन् । 

बाथ रोग लाग्ने कारण के होला ?

यही कारणले बाथ रोग लाग्छ भन्ने छैन । अध्ययनअनुसार जेनेटिकल्ली सस्सेप्टिबल इन्डुभिजुअललाई कुनै पनि किसिमको इन्फेक्सन वा वातावरणीय तत्वले ट्रिजर हुनसक्छ । मानिसको शरीरमा कुनै खास किसिमको जिन हुँदा पनि कुनै–कुनै बाथ हुन सक्छ । 

नेपालमा बढी मात्रामा कुन बाथ रोग देखिएको छ ?

–सयभन्दा बढी किसिमका बाथ रोग पत्ता लागिसके पनि नेपालमा भने र्‍युमाटोइड आर्थराइटिस, स्पोन्डिलो आर्थराइटिस, लुपुस, गाउट, भ्यासकुलाइटिस, अस्टियो आर्थराइटिस बढी मात्रामा देखिएका छन् । 

बाथ रोगका लक्षण के हुन् ?

–बाथ रोगका प्रकारअनुसार यसको लक्षण हुन्छ । जोर्नी दुख्नुका साथै बिहान उठ्दा हातखुट्टा कक्रक्क हुन्छन् । घाममा हिँड्दा वा बस्दा छाला रातो हुने, औंला नीलो हुने, सुन्निने, आँखा रातो हुने, केश झर्ने, मुखमा छाला जाने, ढाड दुख्ने आदि लक्षण देखिन सक्छन् । 

​​​​​​​

बढी देखिने बाथ रोगका प्रकार के–के हुन्  ? 

र्‍युमोटोइड बाथ–गठिया बाथले जोर्नीमा असर पार्छ । यसको समयमा उपचार गरिएन भने हातखुट्टा बांगिने सम्भावना हुन्छ । जसले गर्दा अपाङ्गसमेत हुन सकिन्छ । जुन केही महिलामा बढी देखिन्छ । लुपस बाथको समयमा उपचार नभए मिर्गौला, फोक्सो, कलेजो तथा अन्य ठूलो अङ्गमा असर पर्न सक्छ । यसले गर्दा ज्यानसमेत जान सक्छ । यो बाथ धेरैजसो प्रजनन् क्षमता पुगेका महिलामा देखिन्छ । 

गाउट युरिक एसिडका कारण हुने बाथ रोग हो । यसमा भने खाना बार्नुपर्छ । रातो मासु, गेडागुडी, प्रोटिनयुक्त खानेकुरा, रक्सी, बियर, वाइन आदि खानैहुँदैन । महिलाको तुलनामा पुरुषमा बढी मात्रामा यो बाथ देखा पर्छ । 

भ्यासकुलाइटिस नसामा हुने बाथ रोग हो । यसको लक्षण छालामा देखा पर्छ । पछि गएर यसले मिर्गौला, फोक्सो तथा मस्तिष्कमा असर पार्छ । समयमै पहिचान गरेर उपचार गरे यसलाई नियन्त्रणमा लिन सकिन्छ ।

अस्टियो आर्थराइटिस उमेर बढेपछि देखिन्छ । यसमा घुँडामा हुने कुरकुरे हाड खिइन्छ । उमेर पुगेका मोटा मानिसलाई बढी देखिन्छ ।

स्पोन्डिलो आर्थराइटिस (मेरुदण्डको बाथ)–यो ढाडमा हुने बाथ हो । यो बाथले महिलाको तुलनामा पुरुषलाई बढी असर गर्छ । यो बाथमा राति बढी वा रेस्टमा दुख्छ । बिहान उठ्दा कक्रक्क हुन्छ । समयमै उपचार नगरे पछि गएर ढाड कुप्रो हुने डर हुन्छ ।

टिप्स 

–सयभन्दा बढी किसिमका बाथ रोग भए पनि यसको सटिक कारण भने अहिलेसम्म पत्ता लागेको छैन । 

–बालकदेखि वृद्धासम्ममा देखिने बाथ रोग समयमै पहिचान गरी उपचार गराउनुपर्छ । बाथ रोग राति सुत्दा (आरामको समय) बढी दुःख दिने हुन्छ । 

–मेरुदण्डको बाथ पुरुषमा बढी देखिएको छ भने गठिया बाथ महिलामा बढी पाइन्छ । 

–गाउटमा बाहेक अन्य बाथमा खानेकुरा बानुपर्दैन ।

–स्वस्थ रहन चिनी, नुन तथा चिल्लो कम भएका खानेकुरा खान सकिन्छ । जाँड–रक्सी सेवन गर्नुहुँदैन । 

–जुनसुकै बाथ रोगलाई पनि चुरोटको धूवाँले असर पार्ने भएकाले धूम्रपान गर्नैहुँदैन । 

–बाथ रोग पूर्णरूपमा निर्मूल नभए पनि यसलाई नियन्त्रण भने गर्न सकिन्छ । यसको सही पहिचान गरी समयमै उपचार गराउनुपर्छ । 

–बिरामीले आफ्नो सुरुवाती लक्षणका आधारमा रोग पहिचान गरी चिकित्सकको परामर्शअनुसार औषधि खाए यो रोगका जटिलताहरूबाट जोगिन सकिन्छ । 

- [email protected]

 Image