मिस टिन एसईई प्रतियोगिता
जेष्ठ १४, २०७६
स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईइ दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धी गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस् भन्ने उद्येश्यले पााचौ संस्करणको मिस टिन एसईइ २०१९ आयोजना गर्न लागेको जानकारी गराइन् ।
आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिईरहेका छन् । प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, संम्राट प्रसाद शाहको संयोजन र अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्