Successfully Copied

कसले पाउला ‘गीत’ बन्ने अवसर ?

यतिबेला चलचित्र ‘प्रेम गीत’ निर्माण गरेको कम्पनी आसुसेन फिल्मस् उक्त चलचित्रको सिक्वेल ‘प्रेम गीत ३’ निर्माण गर्ने तयारिमा छ । केहि दिनअघि चलचित्रको स्क्रिप्ट फाइनल गरिएको थियो । अब केहि दिनमै निर्माण टिम मुख्य अभिनेत्री फाइनल गर्दैछ ।

यतिबेला चलचित्र ‘प्रेम गीत’ निर्माण गरेको कम्पनी आसुसेन फिल्मस् उक्त चलचित्रको सिक्वेल ‘प्रेम गीत ३’ निर्माण गर्ने तयारिमा छ । केहि दिनअघि चलचित्रको स्क्रिप्ट फाइनल गरिएको थियो । अब केहि दिनमै निर्माण टिम मुख्य अभिनेत्री फाइनल गर्दैछ ।

हिट चलचित्र दिइरहेको ब्यानर आसुसेनले आफ्नो ब्यानरवाट प्रत्येक वर्ष नया अभिनेत्री चलचित्र उद्योगमा इन्ट्रि गराउने भएकाले यसपटक कुन अभिनेत्रीलाई जन्म दिनेछ ? धेरैका लागी उत्सुकताको बिषय वनेको छ ।

निर्माण टिमका अनुसार यतिबेला मुख्य अभिनेत्री छान्ने काम भैरहेको छ । अभिनेत्रीको लुक्स भने २० देखि एक महिनाभित्र सार्वजनिक गरिने उसले जनाएको छ । निर्माता सन्तोष सेन भन्छन्, ‘यो हामीहरुका लागि चुनौतीको बिषय वनेको छ, धेरै भन्दा धेरैको आवेदन आएकोले उहाँहरुवाट उत्कृष्ट छान्ने काम भैरहेको छ । हामीले सवै कुराको मुल्यांकन गरेर एकजना गीत क्यारेक्टर फाइनल गर्नेछौं ।’

केहि हप्ताअघि ‘गीत’ को भूमिकाका लागि खुल्ला प्रतिस्पर्धाबाट नायिका छान्न आवेदन आह्वान गरिएको थियो । जसमा देशभरबाट २ हजार ७ सय १४ जनाले आवेदन हालेका थिए । त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको थियो । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले ‘प्रेमगीत ३’ मा मुख्य अभिनेत्रीको रुपमा काम गर्नेछिन् ।

छेतेन गुरुङ र निर्माता सेनले सयुंक्त रुपमा निर्देशन गर्ने यो चलचित्र आउँदो चैत २८ गते रिलिज हुनेछ । निर्माण टिमले मुख्य अभिनेता फाइनल गरेपनि आधिकारिक रुपमा जानकारी गराएको छैन भने अभिनेत्री केहि दिनमै फाइनल गर्ने तयारीमा छ । चलचित्र आगामी भदौमा छायाँकनमा जाने जनाइएको छ ।

महंगो बजेटमा निर्माण गर्न लागिएको चलचित्र एकसय वर्ष अगाडिको कथामा निर्माण हुँदैछ भने केहि हप्तामा विशेष पत्रकार सम्मेलनको आयोजना गरि आधिकारिक रुपमा घोषणा गरिने निर्माता सेनले वताए ।

 Image