Successfully Copied

ट्रेन्डी एन्ड स्टाइलिस सनग्लास फर समर

गर्मी मौसममा सनग्लासको प्रचलन तुलनात्मक रूपमा अन्य समयको तुलनामा बढी हुन्छ । स्टाइल, स्वास्थ्य र फेसन सबै दृष्टिकोणले सनग्लास उपयोगी मानिन्छ । सनग्लासेस स्टाइलिस मात्र हुँदैनन् तिनले आँखालाई घामबाट सुरक्षासमेत प्रदान गर्छन् । 

गर्मी मौसममा सनग्लासको प्रचलन तुलनात्मक रूपमा अन्य समयको तुलनामा बढी हुन्छ । स्टाइल, स्वास्थ्य र फेसन सबै दृष्टिकोणले सनग्लास उपयोगी मानिन्छ । सनग्लासेस स्टाइलिस मात्र हुँदैनन् तिनले आँखालाई घामबाट सुरक्षासमेत प्रदान गर्छन् । 

स्टाइलिस एभिएटर्स

यो स्टाइलको सनग्लास लोकप्रिय छ । यसको विशेषता भनेको यो हरेक पर्सनालिटी सुहाउँदो हुनु पनि हो । स्टाइलिस देखिने एभिएटर्स सनग्लास अलग–अलग कलरमा उपलब्ध हुन्छ । डार्क ग्रिन, ब्लू, ग्रे तथा ब्ल्याक एभिएटर्सको माग सबैभन्दा बढी छ ।

ओवरसाइज्ड सनग्लासेस

ओवरसाइज्ड सनग्लासेस लामो समयदेखि फेसनप्रेमीहरूको रोजाइमा रहँदै आएको छ । यसको फ्रेममा अनेकौं प्रयोग भएको पाइन्छ । राउन्डका साथै जियोमेट्रिक तथा स्क्वाएर सेपका फ्रेम पनि उत्तिकै लोकप्रिय छन् । 

भेल्भेट फ्रेम सनग्लास

भेल्भेटको फ्रेम भएका सनग्लासले धेरैको मन लोभ्याउँछन् । यो थुप्रै सेडमा पाइन्छ । यस प्रकारको सनग्लास कुनै पनि पहिरनमा प्रयोग गर्न सकिन्छ । 

बोल्ड एन्ड ब्युटिफुल वेफेरर्स

वेफेरर्स चश्मा विशेष गरी ती व्यक्तिका लागि निर्माण गरिएको हो जो भ्रमण गर्न रुचाउँछन् । पहिले–पहिले यसको फेसनमा उतारचढाव पाइन्थ्यो तर अहिले यो शैली फेसनमा फिट भैसकेको छ । यसको विशेषता भनेकै हरेक मुहार सुहाउँदो हुनु हो । 

कलरफुल फ्रेम

कलरफुल फ्रेम भएका सनग्लास पनि समर फेसनमा हिट रहन्छन् । विशेष गरेर रेड, एलो, ग्रिन, ब्लुजस्ता क्यान्डी कलर्सका कलरफुल फ्रेम फेसन बजारमा लोकप्रिय रहँदै आएका छन् । यसले स्टाइलिस लुक दिनुका अतिरिक्त व्यक्तित्वलाई निखार्ने कामसमेत गर्छ । 

 

 Image