Successfully Copied

गायिका सहिमाको नयाँ गीत ‘उम्लियो जवानी’

लोकप्रिय गायिका सहिमा श्रेष्ठ नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । कयौं लोकप्रिय गीतमा आवाज दिएकी सहिमाले यसपटक गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा आवाज भरेकी छिन् ।

लोकप्रिय गायिका सहिमा श्रेष्ठ नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । कयौं लोकप्रिय गीतमा आवाज दिएकी सहिमाले यसपटक गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा आवाज भरेकी छिन् । गीतमा अर्का चर्चित संगीतकार आलोक श्रीले संगीत दिएका छन् । 

सहिमाले उक्त आईटम गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेकी छिन् । सुनिल क्षेत्रीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अलिशा शर्मालाई फिचरीङ् गरिएको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको म्यूजिक भिडियो गायिका सहिमाले आफ्नै युट्युब च्यालनबाट रिलिज गरेकी छिन् । 

देशदेखि विदेशसम्म विभिन्न स्टेज कार्यक्रममा व्यस्त सहिमाले थुप्रै सुगम तथा तीजका गीतहरु गाएकी छिन् । आधुनिक गीतबाट स्रोताको मन जितेकी सहिमाले सार्वजनिक आईटम गीत पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छिन् ।

उम्लियो जवानीको म्यूजिक भिडियो :

 Image