Successfully Copied

अहिले मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् 

स्वास्थ्य सचेतना तथा फेसनको बढ्दो ट्रेन्डले पनि मानिसहरू जिमखानाप्रति मोहित भएका हुन् । पहिले जिमखाना पुरुषका लागि मात्र मानिए पनि अहिले महिलाहरू पनि जिम धाउने क्रम बढेको छ । 

दिना लामा, सञ्चालक नेचर फिटनेस एन्ड ब्युटी केयर, शंखमूल

फिटनेसप्रति अहिले मानिसहरूको क्रेज कस्तो छ ? 

अहिले मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् । फिटनेस सेन्टर आउनेको क्रम बढ्दो छ । युवादेखि वृद्धसम्म एक्सरसाइजप्रति आकर्षित छन् । 

के कारणले बढेको होला यस्तो क्रेज ?

स्वास्थ्य सचेतना तथा फेसनको बढ्दो ट्रेन्डले पनि मानिसहरू जिमखानाप्रति मोहित भएका हुन् । पहिले जिमखाना पुरुषका लागि मात्र मानिए पनि अहिले महिलाहरू पनि जिम धाउने क्रम बढेको छ । 

कुन उमेर समूहका मानिस फिटनेस सेन्टर आउँछन् ?

१६ वर्षदेखि ६० वर्षसम्मका मानिसहरू आउँछन् । त्यसमा पनि युवाहरूको संख्या बढी छ । युवाको सन्दर्भमा कुरा गर्दा शरीर बनाउने होडबाजी नै चलेको छ । 

के–कस्ता समस्या लिएर आउँछन् ? 

उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने, कोलस्ट्रोलजस्ता समस्याको समाधान खोज्दै फिटनेस सेन्टर आउँछन् । नियमित एक्सरराइजले सकारात्मक सोचमा वृद्धि हुनुका साथै रोगसँग लड्ने क्षमतासमेत वृद्धि भएको पाइन्छ । 

फिटनेस सेन्टरमा के–के गराइन्छ ? 

जुम्बा, कार्डियो, एरोबिकजस्ता क्रियाकलाप गराइन्छ । मानिसहरूको इच्छा, चाहना एवं उमेरअनुसार प्रशिक्षण दिइन्छ । शरीर बनाउनेहरूका लागि एरोबिक तथा कार्डियोमा फोकस गरिन्छ भने रोग लिएर आउनेहरूलाई नर्मल एक्सरसाइज गराइन्छ । 

फिटनेस सेन्टर दैनिक कति घन्टा सञ्चालन हुन्छ ? 

दैनिक बिहान र बेलुका गरी करिब ५ घन्टा जति सञ्चालन हुन्छ । बेलुकाको तुलनामा बिहान मानिसहरूको चाप बढी हुन्छ । 

फिट रहन खानपानमा कत्तिको ध्यान पुर्‍याउनुपर्छ ?

स्वस्थ रहन एक्सरसाइज गरेर मात्र हुँदैन । खानपानको ब्यालेन्स पनि त्यत्तिकै मिलाउनुपर्छ । चिल्लो तथा जंकफुडबाट टाढै रहनुपर्छ भने प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

 

 Image