Successfully Copied

हिन्दी गीतमा उरुषा

मोडल तथा नृत्यांगना उरुषा पाण्डे यतिबेला मुम्बईमा छिन् । दुई वर्षअघिदेखि नेपालको रंगमञ्चमा नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी पाण्डे मोडलिङमा पनि स्थापित छिन् ।

मोडल तथा नृत्यांगना उरुषा पाण्डे यतिबेला मुम्बईमा छिन् । दुई वर्षअघिदेखि नेपालको रंगमञ्चमा नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी पाण्डे मोडलिङमा पनि स्थापित छिन् । नेपालमा छँदा ‘एक्सप्रेसन क्विन’ को उपनामले चिनिने उरुषा काठमाडौंमा सुपर उरुषा प्रोडक्सन हाउस स्थापना गरेपछि अभिनयमा करियर बनाउन मुम्बई पुगिन् ।

मुम्बई पुगेलगत्तै गर्ल्स कलेज शीर्षकको वेब सिरिजमा अभिनय गर्न थालेकी उरुषा यो साता एउटा हिन्दी गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ झुल्किएकी छिन् ।

भारतमा मोडल तथा अभिनेत्रीको छवि बनाइरहेकी उरुषाले भारतीय गायिका सुमन सहनीको स्वरको ‘होठों पे ऐसी बात...’ गीतको भिडियोमा कम्मर मर्काएकी हुन् । उरुषाले आफ्नै प्रोडक्सन हाउसबाट उक्त भिडियो निर्माण गरेकी हुन् । अनिल कुमार सोनीको शब्दको उक्त गीतमा शिव तिवारीको संगीत छ ।

पुरानो हिन्दी चलचित्र ज्वेल थिपमा समावेश होठों पे ऐसी बात..को रिमिक्स भर्सनका रूपमा उक्त गीत तयार पारिएको अभिनेत्री पाण्डेले बताएकी छिन् । म्युजिक भिडियो तथा वेब सिरिज हुँदै आफू हिन्दी चलचित्रमा अभिनय गर्न संघर्षरत रहेको अभिनेत्री पाण्डेले जानकारी दिएकी छिन् । 

 Image