Successfully Copied

स्वस्थ छातीका लागि

बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ । 

 

    आफ्नो छाती जोगाउन सरसफाइ तथा वातावरणमा हुने प्रदूषण, धूवाँ एवं धूलोबाट जोगिनुपर्छ । 

    घरभित्रकै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । घरमा भएका पुराना गलैंचा, कार्पेट, फोहोर कपडा आदि सफा राख्नुपर्छ ।

    दाउरा वा कोइला बालेको ठाउँमा बस्नुहुँदैन । आफ्नो घरवरपर घर तथा अन्य भवन बनिरहेका भए त्यसको धूलो घरमा आउन नदिने बन्दोबस्त मिलाउनुपर्छ । 

    बाहिर हिँडडुल गर्दा मास्क तथा विशेष मास्क प्रयोग गर्न सकिन्छ । 

    दम तथा छातीमा समस्या भएकाहरूले घाम लागिसकेपछि मर्निङ वाक गर्नु उचित हुन्छ । तुवाँलो लागेका बेला हावामा धूवाँका कण तैरिने भएकाले त्यसको असर पर्न सक्छ । 

    गाईवस्तु तथा घरमा बिरालो, कुकुर पालेको भए बिरामीलाई त्यसको रौंले असर गर्ने भएकाले टाढै बस्नुपर्छ । यसैगरी गोबर तथा फोहोरले पनि छिट्टै असर गर्छ । 

    कोठा प्रशस्त मात्रामा हावा छिर्ने खालको हुनुपर्छ । 

    चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन । धेरै चिल्ला खानेकुरा पनि खानुहुँदैन । 

    ५ वर्षभन्दा कम उमेरका बालबालिका तथा ६५ वर्ष माथिकालाई फोक्सोको समस्या बढी हुने भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ । 

    बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ । 

    फोक्सोमा समस्या भएकाहरूले चिकित्सकको सल्लाहमा पल्मुनरी फङ्सन टेस्ट (पिएफटी) गराउन सक्छन् । 

नेपाल नेसनल हस्पिटल

 Image