Successfully Copied

कोलगेटको डेन्टल क्याम्प

कान्तिपुर टेलिभिजनबाट प्रसारित नेपाल स्पेल बीको तेस्रो अडिसनसँगै नेपालकै ठूलो डेन्टल क्याम्प सम्पन्न भएको छ । कोलगेट डेन्टलको मुख्य प्रायोजनमा संचालित उक्त डेन्टल क्याम्पमा देशभरका ८ हजार २ सय ७७ जनाको निःशुल्क दन्त परीक्षण गरिएको थियो । 

१ महिना चलेको उक्त डेन्टल क्याम्प देशभरका ९ सय ५६ वटा स्कुल–कलेजमा सञ्चालन गरिएको नेपाल स्पेल बीको सिजन–३ का आयोजक मालिन मिडिया इभेन्टका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले बताए । डेन्टल क्याम्पमा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको विशेष सहभागिता थियो । 

नेपाल स्पेल बी सिजन–३ को अडिसनसँगै संचालन गरिएको डेन्टल क्याम्पमा ५ जना दन्त चिकित्सकले विद्यार्थी तथा सर्वसाधारणहरूको दन्त परीक्षण गरेका थिए । उक्त अवसरमा दन्त परीक्षणमा आएका विद्यार्थी तथा सर्वसाधारणलाई दन्त सचेतनासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।

 Image