Successfully Copied

लिटिल एन्ड टिन प्रिन्स प्रिन्सेजमा टिम नेपाल

हालै इन्डोनेसियाको पर्यटकीय शहर बालीमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल एन्ड टिन प्रिन्स प्रिन्सेज–२०१९ मा नेपालबाट सहभागी टिम नेपाललाई प्रतियोगिताको मुख्य उपाधि सहित महत्वपूर्ण सफलता प्राप्त भएको छ ।

हालै इन्डोनेसियाको पर्यटकीय शहर बालीमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल एन्ड टिन प्रिन्स प्रिन्सेज–२०१९ मा नेपालबाट सहभागी टिम नेपाललाई प्रतियोगिताको मुख्य उपाधि सहित महत्वपूर्ण सफलता प्राप्त भएको छ । प्रतियोगितामा विशान कटवालले लिटिल प्रिन्सको मुख्य उपाधि सहित मोस्ट कन्फिडेन्ट अवार्ड जितेका थिए ।

यसैगरी लिटिल प्रिन्सेजतर्फ शैव्या घिमिरे विजेता भइन् भने उनले वेष्ट नेसनल कस्ट्युमको अवार्ड समेत जितेकी थिइन् । टिन प्रिन्सेज्को उपाधिमा पनि नेपालकी वेलिष्मा कटवाल विजयी भइन् । उनले ट्यालेन्ट विधाको अवार्ड समेत हात पारिन् ।

प्रतियोगिताका तीन मुख्य उपाधि बाहेक टिम नेपालले अन्य उपाधि पनि जितेको थियो । जसअनुरुप आध्या कार्कीले कन्जिनियालिटी, प्राप्ति राजभण्डारीले वेष्ट फोटोजेनिक, रिद्धिमा नेपालले एलिगेन्स तथा जेसिका राईले मोस्ट चार्मिङको अवार्ड आफ्नो नाममा सुरक्षित गरे । उक्त प्रतियोगिताका लागि टिम नेपालको चयन, प्रशिक्षण, संयोजन एवं व्यवस्थापन र्‍याडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।

 Image