नेपाली ठुम्का

नारी संवाददाता

असार ९, २०७६

पोर्नस्टारको छवि परिवर्तन गर्दै बलिउड अभिनेत्रीका रूपमा स्थापित सनी लियोन अहिले एउटा नेपाली चलचित्रको गीतमा कम्मर मर्काइरहेकी छिन् । चलचित्र पासवर्डको ‘मेरो नाम सन्नी...’ शीर्षकको उक्त गीत अभिनेत्री लियोनीप्रति नै समर्पित छ ।

अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वरको उक्त क्लब गीतको छायांकन बेलायतको एउटा क्लबमा गरिएको हो जसमा सनीको नृत्य तथा भावभंगिमा दर्शकलाई लोभ्याउने शैलीको छ । सनीलाई १ सयभन्दा बढी नृत्य कलाकारसँगै नचाउने कोरियोग्राफर हुन्— विष्णु देवा ।

विष्णु बलिउड चलचित्रका कोरियोग्राफर हुन् । उक्त गीतमा सनीसँगै चलचित्रका अभिनेता विक्रम जोशीले पनि आकर्षक नृत्य गरेका छन् । गीतको भिडियोमा अभिनेता अनुप विक्रम शाही तथा बुद्धि तामाङलाई पनि देख्न सकिन्छ ।

निर्देशक सम्राट बस्नेतको कुरामा विश्वास गर्ने हो भने सनीले भविष्यमा नेपाली चलचित्रमा अभिनय गर्ने वचन समेत दिएकी छिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>