Successfully Copied

गर्मीमा कस्ता खानेकुरा खाने ?

तरबुजा गर्मीका लागि सुपरकुल फल हो । यसमा हुने ९१ दशमलव ७५ प्रतिशत पानीले शरीरमा पानीको आवश्यकता पूरा गर्न मदत पुर्‍याउँछ । उपयुक्त कुलिङ असर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल तरबुजा दिउँसो वा तिर्खाएका बेला खान सकिन्छ । 

हाम्रो दैनिक खानपिन मौसम, भूगोल तथा संस्कृतिअनुरूप फरक–फरक हुन्छ । मौसम परिवर्तनसँगै उचित खाद्यपदार्थ छनौट गर्नुपर्छ । जाडो तथा गर्मीमा उपयुक्त खाद्यवस्तु खाए स्वास्थ्य राम्रो रहन्छ । गर्मीका लागि उपयुक्त सागसब्जी तथा पोसिला फलफूलले रक्तचाप नियन्त्रण गर्न, मुटुको धड्कन सामान्य राख्न, पाचन–फ्रक्रियालाई सत्रिय बनाउनुका साथै शरीरमा पानीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । हाम्रो शरीरका लागि उपयुक्त तापक्रम ३७ डिग्री सेल्सियल हो । शरीरको तापक्रम त्यसभन्दा बढी भए धेरै पसिना आउने, पिसाब लाग्ने आदि हुँदा शरीरमा पानीको मात्रा सन्तुलित हुन जरुरी छ । गर्मी बढाउने खानेकुरा जस्तै मसालेदार खाना, तारेका खाद्यवस्तु, मरिच, मासु, अन्डा आदि जिब्रोका लागि स्वादिला भए पनि गर्मीमा तिनको प्रयोग कमै प्रयोग गर्नुपर्छ ।

गर्मीमा स्वास्थ्य स्थिति अनुकूल नहुँदा छाला खस्रो हुने, भिटामिन तथा खनिजको कमी हुने आदि हुनसक्छ । यस्तो स्थितिमा शरीरलाई स्फूर्ति तथा शीतलता प्रदान गर्ने खालका खानेकुरा खानुपर्छ । केही राष्ट्रमा चिसो तथा गुलियो खानालाई गर्मीयामको उपयुक्त खाना मानिएको पाइन्छ । दैनिक खानपानका साथै सामान्य दिनमा पनि मौसम बेला–बेलामा परिवर्तन हुने भएकाले मौसमअनुसारको उचित खाद्यवस्तु प्रयोगमा ल्याउन नसक्दा हैजा, झाडापखाला, छालामा फुस्रोपन आउने, पाचन प्रक्रियामा समस्या उत्पन्न हुने आदि समस्या सिर्जना भएको पाइन्छ । गर्मीमा उपयुक्त खाद्यवस्तुलाई आफ्नो दैनिक मेनुमा राख्न सकिन्छ, जसले शरीरको तापक्रम सन्तुलित राख्नुका साथै शरीरलाई स्फूर्ति प्रदान गर्छ । 

तरबुजा

तरबुजा गर्मीका लागि सुपरकुल फल हो । यसमा हुने ९१ दशमलव ७५ प्रतिशत पानीले शरीरमा पानीको आवश्यकता पूरा गर्न मदत पुर्‍याउँछ । उपयुक्त कुलिङ असर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल तरबुजा दिउँसो वा तिर्खाएका बेला खान सकिन्छ । 

काँक्रा

पानी र फmाइबरयुक्त काँत्राबाट गर्मीमा शीतलता प्राप्त गर्नुका साथै कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ । यसलाई दैनिक खाना वा भोक लागेका बेला सलाद वा स्लाइसका रूपमा खान सकिन्छ ।

दही

जिब्रोमा गुलियो स्वाद झुन्डिनुका साथै यसको कुलिङ इफेक्टले शरीरमा शीतलता प्रदान गर्छ । दहीलाई लस्सी बनाएर वा फलफूलसँग घोलेर खान सकिन्छ । २ सय मिलिलिटरको सिसा गिलासमा ८० किलो क्यालोरी प्राप्त हुन्छ । दही बिहान र दिउँसो सेवन गर्नु उपयुक्त मानिन्छ । 

नरिवल पानी

भिटामिन र खनिजयुक्त नरिवल पानी स्वास्थ्यका हिसाबले सुपर बेस्ट इनर्जी ड्रिङ्क हो । नियमित नरिवल पानी सेवन गर्दा गर्मीमा शीतल महसुस हुनुका साथै क्यान्सरजस्ता प्राणघातक रोगबाट पनि मुक्त भइने वैज्ञानिक तथ्यले बताउँछ । 

हरिया सागपात

स्फूर्ति प्राप्त गर्न तथा छालालाई सुख्खा हुन नदिन भिटामिन ‘ए’ ले भरिपूर्ण हरियो सागपात सबैको रोजाइमा पर्छ । यसले पानीको आवश्यकतासमेत पूरा गर्छ । सागपातलाई गर्मीमा उपयुक्त मात्रामा प्रयोगमा ल्याउन सकिन्छ । सामान्य मानिसले दैनिक खानामा ३ बटुकासम्म सागपात खान सक्छन् । 

भिटामिन सीयुक्त खानेकुरा जस्तै सुन्तला, कागती पानी, अमला, अनार, टमाटर, ब्रोकाउली, टुसा उम्रिएका खानेकुरा, बेरी तथा किबीले छालालाई चम्किलो बनाउन, घाउखटिरा निको पार्नुका साथै घामबाट उत्पन्न हुने घातक किरणबाट जोगाउन मद्दत गर्छन् । 

सामान्य मानिसले आफ्नो दैनिकी यसरी तयार गर्न सक्छन् : 

बिहान ६ बजे एक गिलास कागती पानी वा अनार जुस, १० बजे डेढ गिलास भात, एक गिलास गेडागुडी, तीन–चार पिस माछा, डेढ बटुका हरियो सागसब्जी वा ब्रोकाउली, लौका आदि खान सकिन्छ । त्यस्तै दिउँसो एउटा सुन्तला, केरा वा १ स्लाइस खरबुजा खान सकिन्छ । ४ बजेतिर एक गिलास दही र एक मुठ्ठी चिउरा वा एक गिलास दहीमा एउटा मध्यम साइजको केरा लस्सीमा मिसाएर खान सकिन्छ । बेलुका ७ बजे २ वटा ठिक्कको रोटी, १ गिलास बाक्लो मुसुरी वा मुगको दाल, हरियो मुन्टा, फर्सी, भिन्डी १ बटुकाका साथै पाँच–छ स्लाइस सलाद प्रयोग गर्नाले शरीरको तापक्रम नियन्त्रित रहन्छ ।

 Image