Successfully Copied

अञ्जुको नयाँ गीत 

चारकर्मीबाट उपन्यासकारको परिचय बनाएका सविन प्रियासन गीत लेखनमा पनि सक्रिय हुन थालेका छन् । सविनको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीतमा अञ्जु पन्तले स्वर दिएकी छन् । रिकेश गुरुङ यो गीतका संगीत संयोजक हुन् ।

चारकर्मीबाट उपन्यासकारको परिचय बनाएका सविन प्रियासन गीत लेखनमा पनि सक्रिय हुन थालेका छन् ।  उनले रचना गरेको दोस्रो गीत ‘गीत तिम्रो लेखी लेखी’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

 

सविनको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीतमा अञ्जु पन्तले स्वर दिएकी छन् । रिकेश गुरुङ यो गीतका संगीत संयोजक हुन् ।

 

टंक बुढाथोकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल रिचा थापा र आयन बज्राचार्यको अभिनय छ ।

 

म्युजिक भिडियोको निर्देशन प्रिन्सपन कार्कीले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

 

सविनको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘म गीतहरुमा डुबेर’ सार्वजनिक भएको थियो ।

 

उनका ब्रेकअप डायरी, पल्लवी, पुनरागमन, भूमरी, रोदनपछि उपन्यास प्रकाशित भइसकेका छन् । प्रियासनले कथा र सम्पादकीयको संग्रहसमेत प्रकाशित गरिसकेका छन् । सविन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् ।

 

गीतको म्यूजिक भिडियो :

 Image