Successfully Copied

नेपालमा हर्ट ट्रान्सप्लानेटको थ्रीडी अप्लाइ गर्ने सोच छ

आर्किटेक्टहरूले घरहरू डिजाइन गर्छन् तर इन्ड्रस्ट्रियल डिजाइनरले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट नभत्किने घर डिजाइन गर्छन् । हाम्रो जस्तो देशमा यसको निकै खाँचो छ । साथमा मसँग अरू पनि थुप्रै योजना छन् । मैले अर्ग्यान थ्रीडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु ।

मिस नेपाल सुपरनेचुरल–२०१९ रोज लामा परिवारसँगै अमेरिकामा बस्दै आएकी छिन् । ४ जना दिदीबहिनी भएकी रोज डिसेम्बर ७ मा मिस सुपरनेचुरलमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । उनी गत वर्ष मिस नेपाल क्यालिफोर्निया जितेर आएकी हुन् । उनी लाइन्स क्लब डिस्ट्रिक  4C3 की गुडबिल एम्बेसडर पनि हुन् । अमेरिकामा अरू देशको भाषाबाट ड्राइभिङ टेस्ट लिए पनि नेपालीमा लिने व्यवस्था नभएकाले उनले अहिले आफ्नो क्लबमार्फत नेपाली भाषामा ड्राइभिङ टेस्ट हुनुपर्छ भन्ने अभियान पनि चलाइरहेकी छिन् ।

 

अमेरिकामा पढाइ

बुवा–आमा उतै बस्ने भएकाले हामी ४ जना दिदीबहिनी अमेरिका गएका हौं । म कक्षा ८ मा पढ्थें । अहिले म इन्ड्रस्ट्रियल डिजाइन तथा स्टुडियो आर्ट्समा स्नातक गरिरहेकी छु । नेपाल आउँदा मेरा ५ वटा क्लास बाँकी थिए र मैले त्यहाँ ३ वटा काम छोडेर आएकी हुँ । अब एक वर्ष ग्याप लिएर पढाइलाई निरन्तरता दिने सोच छ । एक वर्ष त सुपरनेचुरलका लागि दिनैपर्छ ।

समाजसेवामा संलग्न 

म  ISC EOPS नामक दुई वटा क्लबकी अध्यक्ष पनि हुँ । ISC अर्थात् इन्टरनेसनल स्टुडेन्ट कन्सर्न क्लबले विभिन्न देशका विद्यार्थीहरू जो अमेरिकामा उच्च शिक्षाका लागि आएका छन् उनीहरूलाई त्यहाँको कलेज, पढाइ र राष्ट्रसँग कनेक्ट गराउने काम गर्छ । EOPS मार्फत विद्यार्थीहरूलाई सल्लाहकारका रूपमा समस्या समाधान गर्ने क्लब हो । त्यसका अतिरिक्त पनि म ICC अर्थात् इन्टर क्लब कनेक्सनमा सेक्रेटरीका रूपमा सक्रिय छु । त्यहाँ विद्यार्थीहरूको मुभमेन्ट, एजेन्डा आदि बनाउने काम हुन्छ । म  FAPAC क्लबमा पनि छु । यसले टिचर र स्टुडेन्टको ग्याप हटाउने काम गर्छ भने अमेरिकामा हुने इलेक्सनको क्याम्पियनसमेत गर्छ । 

नेपालमा स्कोप देख्छु

मास्टर सकेर नेपाल नै आउने सोच छ । मेरा दुई दिदी पढाइ सकेर नेपालमै काम गरिरहेका छन् । म पनि नेपाल नै फर्कने हो । आर्किटेक्टहरूले घरहरू डिजाइन गर्छन् तर इन्ड्रस्ट्रियल डिजाइनरले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट नभत्किने घर डिजाइन गर्छन् । हाम्रो जस्तो देशमा यसको निकै खाँचो छ । साथमा मसँग अरू पनि थुप्रै योजना छन् । मैले अर्ग्यान थ्रीडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो विषय पनि त्यही भएको र अहिले विश्वमा थ्रीडी प्रिन्टको प्रचलन व्यापक हुँदै गएकाले यही विधामा काम गर्न मन छ । हार्ट ट्रान्सप्लानेट गर्ने थ्रीडी रिसर्च गरेर त्यसलाई व्यवहारमा अप्लाइ गर्ने प्लान छ । 

रोजले यी काम पनि गर्छिन्

डान्स कोरियोग्राफी

डान्स कम्पनीमा काम गर्दा म त्यहाँ डान्स कोरियोग्राफरका रूपमा कार्यरत थिएँ । 

आफ्नो पहिरन आफै डिजाइन

म आफ्नो पहिरन आफै डिजाइन गर्थें । त्यसबाट ममा आत्मविश्वास बढ्थ्यो । मलाई मनपर्ने काम फेसन डिजाइनिङ पनि हो । 

पपेट बनाउँछु

म माटोको हातखुट्टा चल्ने पपेट पनि बनाउँछु, जुन सानोदेखि ठूलो जत्रो पनि हुन्छ । त्यसका लागि विभिन्न डिजाइनका पहिरन पनि डिजाइन गर्छु । बाहिरबाट पनि धेरै अर्डर आउँछ ।

आर्टमा रमाउँछु

म थ्रीडी आर्ट, क्ले आर्ट तथा पेन्टिङ गर्छु । फुर्सद भयो कि आर्टमा रमाउँछु । 

मेटालिका मन पर्छ 

म मेटालिकाको सानैदेखि फ्यान हुँ । म इलेक्ट्रिक गितार पनि बजाउँछु । म ब्लुज तथा ज्याज म्युजिकहरू सुन्छु र बजाउँछु । संगीतले मेरा लागि मेडिटेसनको काम गर्छ ।

 Image