Successfully Copied

बाथ रोग नियन्त्रण गर्न सकिन्छ

यही कारणले बाथ रोग लाग्छ भन्ने छैन । अध्ययनअनुसार जेनेटिकल्ली सस्सेप्टिबल इन्डुभिजुअललाई कुनै पनि किसिमको इन्फेक्सन वा वातावरणीय तत्वले ट्रिजर हुनसक्छ । मानिसको शरीरमा कुनै खास किसिमको जिन हुँदा पनि कुनै–कुनै बाथ हुन सक्छ । 

पुर्ख्यौली घर जाजरकोट भएकी डा. अभिलाशा नेपालका कमै बाथ रोग विशेषज्ञमध्ये एक हुन् । हाल उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्‍युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् ।

 

बाथ कस्तो रोग हो ? 

यो अटो इम्युन डिजिज हो । समयमा उपचार नगरे यसमा ज्यान जानेसम्मको सम्भावना हुन्छ । हालसम्म १ सयभन्दा बढी किसिमको बाथ पत्ता लागिसकेको छ । 

बाथ रोग लाग्ने कारण के होला ?

यही कारणले बाथ रोग लाग्छ भन्ने छैन । अध्ययनअनुसार जेनेटिकल्ली सस्सेप्टिबल इन्डुभिजुअललाई कुनै पनि किसिमको इन्फेक्सन वा वातावरणीय तत्वले ट्रिजर हुनसक्छ । मानिसको शरीरमा कुनै खास किसिमको जिन हुँदा पनि कुनै–कुनै बाथ हुन सक्छ । 

नेपालमा बढी मात्रामा कुन बाथ देखिएको छ ?

सयभन्दा बढी किसिमका बाथ रोग पत्ता लागिसके पनि नेपालमा भने र्‍युमाटोइड आर्थराइटिस, स्पोन्डिलो आर्थराइटिस, लुपुस, गाउट, भ्यासकुलाइटिस तथा अस्टियो आर्थराइटिस बढी मात्रामा देखिएका छन् । 

बाथ रोगका लक्षण के–कस्ता हुन्छन् ?

बाथ रोगको प्रकारअनुसार यसको लक्षण हुन्छ । जोर्नी दुख्नुका साथै बिहान उठ्दा हातखुट्टा कक्रक्क हुन्छन् । घाममा हिँड्दा वा बस्दा छाला रातो हुने, औंला नीलो हुने, सुन्निने, आँखा रातो हुने, केश झर्ने, अनुहारको छाला जाने, ढाड दुख्ने आदि लक्षण देखापर्न सक्छन् । 

बढी देखिने बाथ रोगका प्रकार के–के हुन् ? 

र्‍युमोटोइड बाथ–गठिया बाथले जोर्नीमा असर पार्छ । यसको समयमा उपचार गरिएन भने हातखुट्टा बांगिने सम्भावना हुन्छ । जसले गर्दा अपाङ्गसमेत हुन सकिन्छ । यस्तो समस्या महिलामा बढी देखिन्छ । लुपस बाथको समयमा उपचार नभए मिर्गौला, फोक्सो, कलेजो तथा अन्य अङ्गमा असर पर्न सक्छ । यसले गर्दा ज्यानसमेत जान सक्छ । यो बाथ धेरैजसो प्रजनन् क्षमता पुगेका महिलामा देखापर्छ । 

गाउट युरिक एसिडका कारण हुने बाथ हो । यसमा भने खाना बार्नुपर्छ । रातो मासु, गेडागुडी, प्रोटिनयुक्त खानेकुरा, रक्सी, बियर, वाइन आदि खानैहुँदैन । यो बाथ महिलाको तुलनामा पुरुषमा बढी पाइन्छ । 

भ्यासकुलाइटिस नसामा हुने बाथ हो । यसको लक्षण छालामा देखा पर्छ । पछि गएर यसले मिर्गौला, फोक्सो तथा मस्तिष्कमा असर पार्छ । समयमै पहिचान गरेर उपचार गरे यसलाई नियन्त्रणमा लिन सकिन्छ ।

अस्टियो आर्थराइटिस उमेर बढेपछि देखिन्छ । यसमा घुँडामा हुने कुरकुरे हाड खिइन्छ । यो उमेर पुगेका मोटा मानिसमा बढी देखिन्छ ।

स्पोन्डिलो आर्थराइटिस (मेरुदण्डको बाथ)–यो ढाडमा हुने बाथ हो । यो बाथले महिलाको तुलनामा पुरुषलाई बढी असर गर्छ । यो बाथ राति बढी वा रेस्ट गर्दा दुख्छ । बिहान उठ्दा जिउ कक्रक्क हुन्छ । समयमै उपचार नगरे पछि गएर ढाड कुप्रो हुने डर हुन्छ ।

 

 Image