Successfully Copied

कुकुरका लागि ग्रुमिङ सामग्री

कुकुरका लागि बडी बेल्ट, हार्डनेस बडी बेल्टहरू पनि उपलब्ध हुन्छन् । कुकुर्नीका लागि विभिन्न रंग तथा डिजाइनका हेड ब्यान्ड, क्लिप तथा रबरहरू पनि बजारमा आएका छन् भने कुकुरका लागि थुप्रै किसिमका खेलौना उपलब्ध छन् । उनीहरूको मुड फ्रेस बनाउन, एक्सरसाइज गराउन तथा एक्लै बस्दा नियास्रो

 

घरमा कुकुर पाल्ने चलन निकै पुरानो हो । यद्यपि अहिले कुकुर पाल्ने तरिका एवं सोच भने पूरै फेरिएको छ । सुरक्षाको हिसाबले पालिने कुकुर अहिले मान्छेको साथी एवं सहाराका लागि पाल्ने सोच विकसित भएको छ । कुकुर पालेपछि त्यसलार्ई पनि सामाजिक एवं शिक्षित बनाउनुपर्छ भन्ने हो भने कुकुरलार्ई तालिम दिन जरुरी छ ।

जसरी हामी बालबालिकालार्ई स्कुल पढाउँछौं त्यसरी नै कुकुरलार्ई पनि उसको लेबलअनुसार घरमा राख्न, मानिसहरूसँग घुलमिल गराउन प्रशिक्षणको आवश्यकता पर्छ । प्रशिक्षणपछि यसमा कुकुर स्वयंको लगाव बढ्छ र उसलार्ई पनि ग्रुमिडको आवश्यकता महसुस हुन्छ । अहिले कुकुरका लागि पनि धेरै सरसामान तथा एसेसरिजहरू बजारमा आइरहेका छन् ।

उसको पनि दैनिक सरसफाइको आवश्यकता छ भनेर दाँत माझ्ने ब्रस, टुथपेस्ट, डग चिउ (चपाउने), माउथ स्प्रे, कपालअनुसार कोर्ने ब्रस, काइँयो, स्किनअनुसार स्याम्पु, साबुन आदि सामग्री उपलब्ध गराइन थालेको छ । उसको कपाल तथा स्किनअनुसार बजारमा ग्रुमिङ एसेसरिजहरू खरिद गर्न सकिन्छ । दक्ष प्रशिक्षकले मान्छेलार्ई सिकाएपछि यस्ता एसेसरिज प्रयोग गर्न सकिन्छ ।

यस क्रममा कान सफा गर्ने एयर ब्रस, लिक्विड, बड, नङ काट्ने नेल कटर, हेयर ट्रिमर, हेयर कटिङ मेसिन, आँखा सफा गर्ने बड आदि पनि उपलब्ध हुन्छन् । बाटोमा हिँड्दा कुकुरको खुट्टा रफ हुन्छ भनेर मोइस्चराइजर, पञ्जा तथा जुत्ता प्रयोग गर्ने चलनसमेत विकसित हुँदै गएको छ । 

अहिले हामीले समरमा लगाउने विन सिटजस्तै डग सिट पनि खरिद गर्न सकिन्छ । बाहिरको फोहोर शरीरमा नपरोस् भनेर यस्ता पहिरन लगाउन दिइन्छ । उनीहरूका लागि सन ग्लास पनि उपलब्ध छन् । कुकुर धेरै भुक्छ भने भुक्दा घाँटीमा भाइब्रेट हुने बेल्ट प्रयोग गर्न सकिन्छ । भाइब्रेट भएपछि उनीहरूले अनावश्यक रूपमा भुक्न छोड्छन् ।

कुकुरका लागि बडी बेल्ट, हार्डनेस बडी बेल्टहरू पनि उपलब्ध हुन्छन् । कुकुर्नीका लागि विभिन्न रंग तथा डिजाइनका हेड ब्यान्ड, क्लिप तथा रबरहरू पनि बजारमा आएका छन् भने कुकुरका लागि थुप्रै किसिमका खेलौना उपलब्ध छन् । उनीहरूको मुड फ्रेस बनाउन, एक्सरसाइज गराउन तथा एक्लै बस्दा नियास्रो नलागोस् भनेर खेलौना दिन सकिन्छ ।

अहिले ट्रे भएका फोल्डिङ क्यानलहरू पनि पाइन्छन् जसले गर्दा ट्रेमा दिसा–पिसाब गराउन सकिन्छ । बजारमा सानो पपी तथा बूढा कुकुरका लागि वाइप्स तथा डाइपरसमेत खरिद गर्न सकिन्छ । त्यस्तै उनीहरूका लागि ट्वाइलेट पेपर पनि उपलब्ध हुन्छ । 

कुकुरका लागि होस्टल

कामकाजी व्यक्तिले कुकुर पाल्दा आउने मुख्य समस्या भनेको सपरिवार कतै जानुपर्दा कुकुरलार्ई के गर्ने, कहाँ छोड्ने भन्ने हो । अहिले काठमाडौंमा थुप्रै क्यानल क्लब तथा प्रशिक्षकहरूले त्यसका लागि केज तथा इन्डोरमा राखेर ढुक्क हुन होस्टलको व्यवस्था मिलाएका छन् जहाँ कुकुरलार्ई लामो समयसम्म छोड्न सकिन्छ ।

केनाइन क्यानक क्लब धोबीघाट

 Image