Successfully Copied

टिनएजरहरूलाई अन्तर्राष्ट्रिय उपलब्धि 

असार ११ गतेदेखि असार १६ गतेसम्म सिंगापुरमा सञ्चालित एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९ मा सहभागी नेपाली किशोर–किशोरीहरूले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

असार ११ गतेदेखि असार १६ गतेसम्म सिंगापुरमा सञ्चालित एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९ मा सहभागी नेपाली किशोर–किशोरीहरूले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

ऊक्त कार्यत्रममा एरी तुलाधर मिस साउथ इस्ट एसिया इन्टरनेसनलतर्फ फस्ट रनर्सअप भइन् भने रमेश मगर मिस्टर प्रि–टिन इन्टरनेसनलतर्फ फस्ट रनर्सअप घोषित भए । यसैगरी इन्टरनेसनल टिन मिस एसिया अफ द इयरतर्फ मानषी तामाङ फस्ट रनर्सअप भइन् भने इन्टरनेसनल टिन मिस्टर अफ द इयरतर्फ अनिश श्रेष्ठ, प्रि–टिन एसिया प्यासिफक प्रिन्सेसतर्फ प्रतिष्ठा, टिन एसिया प्यासिफिकतर्फ ज्वाला राई तथा मिस्टर टिन इन्टरनेसनलतर्फ युवराज गुरुङ फस्ट रनर्सअप भए ।

उक्त अवसरमा प्रि–टिन एसिया प्यासिफिक प्रिन्सतर्फ धीरज राई, टिन एसिया प्यासिफिक प्रिन्स तर्फ अनिश के.सी. तथा मिस्टर टिन इन्टरनेसनल ब्रान्ड एम्बेसडरतर्फ शाश्वत महर्जन सेकेन्ड रनर्सअपका रूपमा पुरस्कृत भए । 

यसैगरी सोही कार्यक्रमअन्तर्गत सञ्चालित लिटिल एसिया प्यासिफिक प्रिन्सेज–२०१९ को उपाधि ११ वर्षीया कृष्टिना खड्काले जितेकी छिन् । त्यस्तै  मिनी एसिया प्यासिफिक प्रिन्सेज–२०१९ को एवार्ड ८ वर्षीया स्टेला शाहले जितेकी छिन् ।

अर्कातर्फ ११ वर्षीया यांशु श्रेष्ठले प्रिटिन समूहमा फस्ट रनर्सअप तथा बेस्ट पर्सनालिटी एवं बेस्ट इनबीच स्विम वेयर जितेकी छिन् । प्रतियोगितामा ८ वर्षीया मिनाल केसीले वेष्ट स्माइल एवार्ड तथा ९ वर्षिया सुखी प्रधानले बेस्ट पार्टी वेयरको एवार्ड हात पारे भने ट्यालेन्ट पर्फमेन्सतर्फ पनि दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।

 

 Image