Successfully Copied

साउन महिनाको राशिफल

व्यावहारिक काममा केही सजगता अपनाउनुहोला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कुनै कुरालाई लिएर परिवारमा बहस हुनसक्छ । एक–अर्काको भावनाको ख्याल गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै

मेष

व्यावहारिक काममा केही सजगता अपनाउनुहोला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कुनै कुरालाई लिएर परिवारमा बहस हुनसक्छ । एक–अर्काको भावनाको ख्याल गर्न सके दाम्पत्य जीवन सुखमय रहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै तनाव हुनसक्छ । आफूलाई स्वस्थ राख्न व्यक्तिगत खुसी र स्वास्थ्यका लागि पनि समय छुट्याउनुहोला । 

वृष    

काममा सफलता मिल्दै जानेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कामका लागि सानोतिनो यात्रा हुनसक्छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुखमय रहला । तपाईंको इच्छा एवं सुख–दुःखको राम्रो ख्याल गरिनेछ । आर्थिक पक्ष सुदृढ रहला । आफ्नो इच्छानुसार समय यापन गर्ने अवसर जुट्नेछ । 

मिथुन

पारिवारिक वातावरण सुखमय रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष प्राप्त हुनेछ । काममा सफलता हात पर्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन्, सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवन सुमधुर रहनेछ । पारिवारिक सुखका निमित्त केही खर्च हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा राम्रोसँग सोचविचार गर्नुहोला । कामको चापले मनमा तनाव उत्पन्न हुनसक्छ । 

कर्कट        

कुनै कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुनसक्छ । काममा सफलता पाउन केही खट्नुपर्नेछ । पारिवारिक खुसी प्राप्त हुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । कतै घुम्न जाने अवसरसमेत मिल्नसक्छ । घरमा विभिन्न सामग्रीको जोहो हुनेछ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्य एवं खानपिनमा विशेष ध्यान पुर्‍याउनुहोला । व्यक्तिगत काममा सफलता हात लाग्नेछ । काम गर्ने जाँगरमा कमी आउन सक्ने भएकाले आफूलाई स्वस्थ एवं फुर्तिलो राख्ने प्रयास गर्नुहोला । 

सिंह

दाम्पत्य समझदारी कायम रहनेछ भने आर्थिक पक्ष सुदृढ देखिन्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । काममा सफलता हात पर्नेछ । छोराछोरीबाट सुख एवं सन्तोष प्राप्त हुनेछ । साथीभाइसित भेटघाट गर्ने मौका जुट््नेछ । व्यक्तिगत काममा पनि सफलता पाइएला । सवारीसाधनमा हेरफेर हुनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । तपाईंको बोली एवं काम देखेर सबै चकित हुनेछन् । 

कन्या    

योजनानुरूप सबै काम सम्पन्न हुँदै जानेछन् । परिवारका साथ कतै घुमघाम हुनसक्छ । आर्थिक एवं व्यावसायिक पक्ष सुदृढ रहनेछन् । माइतीसित भेटघाट गर्ने अवसर प्राप्त होला । मिक्रवर्गसित रमाइलो जमघट हुनेछ । व्यत्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । मान–सम्मान प्राप्त हुनुका साथै सबैले तपाईंको सुख–दुःखको ख्याल गर्नेछन् । विभिन्न कुराको लाभ हुनेछ । 

तुला    

एकपछि अर्को गर्दै सबै काम पूरा हुँदै जानेछन् भने आर्थिक लाभसमेत हुनेछ । पारिवारिक भेटघाट हुनेछ । पराक्रम बढ्नेछ । लामो समयदेखि रोकिएका काममा सफलता हात पर्ला । काममा आकस्मिक बाधा आइलाग्न सक्छ । अनपेक्षित विवाद हुनसक्ने भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला । भरसक कम बोल्नुमै आफ्नो भलाइ छ । 

वृश्चिक    

काममा सफलता हात लाग्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । छोराछोरीबाट पनि अपेक्षित सुख एवं सन्तोष प्राप्त हुनेछ । आर्थिक एवं व्यावसायिक दुवै क्षेत्र सुदृढ रहनेछन् । विभिन्न कुराको लाभ हुनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार समय यापन गर्ने अवसर जुट्नेछ । योजनाअनुरूप सबै काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न हुनेछ । 

धनु    

कुनै कुराले मनमा तनाव उत्पन्न गर्नसक्छ । भरसक शान्त एवं सकारात्मक रहने प्रयास गर्नुहोला । अरू कुराहरू भने सहज हुनेछन् । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । दिदीबहिनीसित रमाइलो भेटघाट हुनेछ । घुमघाम गर्ने अवसर जुट्न सक्छ । छोराछोरीले पनि तपार्इंको इच्छानुरूप नै कार्य गर्नेछन् । आफ्नो जोडीको इच्छा बुझी सोहीअनुरूप कार्य गरे सम्भावित विवाद टर्नसक्छ । आफूलाई चित्त नबुझेको कुरा खुलस्त रूपले भन्न सके व्यावहारिक कार्य सहज हुनेछ । 

मकर        

विशेष कामले यात्रा हुनसक्छ । आफ्नो कर्म क्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि माया–प्रीति भने यथावतै रहनेछ । टाउको, आँखा एवं पेट दुख्ने योग भएकाले आफ्नो स्वास्थ्य एवं खानपानमा विशेष ध्यान पुर्‍याउनुहोला । कसैकसैले पारिवारिक घुमघामको आनन्द उठाउन सक्छन् । आकस्मिक लाभसमेत हुनसक्छ । 

कुम्भ        

प्रायः सबै काम व्यवस्थित ढंगले पूर्ण हुँदै जानेछन् । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । पारिवारिक सुख मिल्नेछ । कुनै कारणवश रोकिएको कामले फेरि गति लिन थाल्नेछ । घरमा विभिन्न सरसामग्री जोहो गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा पनि सफलता हात लाग्नेछ । राम्रो गर्दागर्दै पनि कहिलेकाहीँ अपजस आइलाग्न सक्छ । नवविवाहिताहरूले जिम्मेवारीको काम गर्दा विशेष सजग रहनुहोला । छोराछोरीसँग सम्बन्धित कुरालाई लिएर श्रीमान्सँग वैचारिक मतभेद हुनसक्छ । 

मीन

माइती पक्षसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । साथीसंगीहरूसित पनि रमाइलो जमघट हुनसक्छ । आर्थिक लाभ हुनुका साथै व्यापारिक पक्ष पनि सुदृढ रहनेछ । काम विशेषले  विभिन्न व्यक्तित्वहरूसित भेटघाट भैरहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अचानक रिस उठ्न सक्छ । सकेसम्म धैर्य धारण गर्दै शान्त रहने प्रयास गर्नुहोला । आफ्नो व्यक्तिगत खुसी एवं स्वास्थ्यका लागि समय छुट्याउनुहोला । आफ्नो जोडीबाट अपेक्षित माया, सहयोग एवं सद्भाव प्राप्त हुनेछ ।

 Image