Successfully Copied

इन्दिरा भट्टराईको मौलिक तीज गीत

गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय

गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराईले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । 

बिहिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायिका भट्टराईले भनिन् ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जाँदा दिनेश अधिकारीसँग भेट भयो । उहाँ सँग गीत मागे । मलाई विश्वास गरेर गीत दिनु भयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् । 

आफैले लेखेको गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी भएर सम्बोधन गर्नु पर्दा बरिष्ठ गीतकार दिनेश अधिकारी आफूलाई सबैभन्दा अप्ठ्यारो भएको बताए । उनले पछिल्लो समय फरक बाटोमा हिड्दै गरेको गीत संगीतको बजारलाई लिएर गम्भिर देखिन्थे अधिकारी । संगीतकार सन्तोष श्रेष्ठ पनि मौलिक गीतको संगीतका लागि आफूलाई बिश्वास गरेर सम्झेको धन्यवाद दिदै थिए । 

सार्वजनिक ‘नाचौँ मितिनी’ बोलको उक्त गीतको म्यूजिक भिडियो निर्देशन पुरानी कलाकार संम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ । 

नाचौँ मितिनीको म्यूजिक भिडियो :

 Image