Successfully Copied

ससुराको सम्झनामा बुहारीको कृति

उतिबेला कानुन व्यवसायी उनका ससुराका कानुनी कागज लेखेर लेखनमा अनुभव बटुलेकी लक्ष्मी पोखरेलले तिनै ससुराको स्मृतिमा एउटा कृति सार्वजनिक गरेकी छिन्– ‘व्यक्ति एक विशेषता अनेक’ । उक्त पुस्तकमा लक्ष्मीका ससुरा प्रेमनाथको राजनीतिक एवं सामाजिक जीवनका साथै एउटी बुहारीलाई त्यो समय पनि चुलो–चौकोभन्दा बाहिरको सपना

एउटा मान्छेले उसको जीवन कालमा विभिन्न नामका सम्बन्धहरू निर्वाह गर्छ । यद्यपि सबै मानिसले सम्पूर्ण सम्बन्धलाई उत्तिकै हार्दिकताका साथ निर्वाह गर्न सक्छन् भन्ने छैन । फेरि नेपाली समाजमा सबैभन्दा जटिल सम्बन्ध भनेकै सासू–बुहारी तथा ससुरा–बुहारीको हुने गरेको छ । यी दुई सम्बन्धमा प्रायः गुनासाहरू नै बढी हुने गरेका छन् । यस्ता सम्बन्धमा अहिले केही सुधार आए पनि केही दशकअघि सासू–ससुरा र बुहारीको सम्बन्ध अत्यधिक औपचारिकतामा टिकेको हुन्थ्यो । 

सम्बन्धहरू औपचारिकतामा चल्ने त्यही समय प्रेमनाथ शर्माकी बुहारी बनेर भित्रिएकी लक्ष्मी पोखरेल भने सामाजिक सोचको विपरीत जीवन बाँचिन् । उनका ससुराले उनलाई भित्र्याएकै दिने भनेथेँ– ‘आज मेरो घरमा मैले छोरी भित्र्याएको छु ।’ तीनै ससुराको प्रेरणामा लक्ष्मी घरधन्दा भन्दा बाहिर निस्कन सफल भइन् ।

उतिबेला कानुन व्यवसायी उनका ससुराका कानुनी कागज लेखेर लेखनमा अनुभव बटुलेकी लक्ष्मी पोखरेलले तिनै ससुराको स्मृतिमा एउटा कृति सार्वजनिक गरेकी छिन्– ‘व्यक्ति एक विशेषता अनेक’ । उक्त पुस्तकमा लक्ष्मीका ससुरा प्रेमनाथको राजनीतिक एवं सामाजिक जीवनका साथै एउटी बुहारीलाई त्यो समय पनि चुलो–चौकोभन्दा बाहिरको सपना देखाएर सामाजिक रूपमा सक्रिय जीवन बाँच्न दिएको प्रेरणालाई लिपिबद्ध गरिएको छ । 

अधिकांशले आमाका बारेमा लेखेका छन् । पिताका बारेमा पनि थोरैले मात्र लेख्न भ्याएका छन् । आमा– बुवा र सासूभन्दा पर गएर ससुराका बारेमा कृति नै प्रकाशन गर्ने नेपाली महिला मध्ये सम्भवतः लक्ष्मी नै पहिलो भएको बताइन्छ । उक्त पुस्तक सार्वजनिक कार्यक्रमको मञ्चमा उभिएर ससुरालाई स्मरण गर्दै गर्दा लक्ष्मीका गला पटक–पटक अवरुद्ध भएका थिए । लक्ष्मीले आँखाभरि आसु पार्दै भनिन्, ‘मैले यो पुस्तक बुवा जीवित रहँदै निकाल्न चाहेकी थिएँ, तर उहाँ दुई वर्षअघि बित्नुभयो ।’

लक्ष्मीले ससुराकै प्रेरणाबाट आफू सामाजिक क्षेक्रमा त्रियाशील भएको कुरा पनि स्मरण गरिन । लक्ष्मी विगत दुई दशकदेखि महिला बेचविखन तथा महिला हिंसाका विरुद्धको काममा सक्रिय छिन् । ‘महिला सुरक्षा दबाब केन्द्र’मा कार्यरत लक्ष्मीले आफ्ना सासू–ससुराका बारेमा लेख्न अझैं धेरै बाँकी रहेकाले निकट भविष्यमै अर्को पुस्तक तयार पार्ने बताएकी छिन् । 

 Image