Successfully Copied

रोगी मौसम

वर्षा याममा दूषित पानी तथा वरपरको वातावरण फोहोर हुने भएकाले पानीमा ढल तथा फोहोर मिसिन सक्छ । यस्तो पानी प्रयोग गर्दा भित्री तथा बाहिरी रोग लाग्न सक्छ । 

वर्षा याममा दूषित पानी तथा वरपरको वातावरण फोहोर हुने भएकाले पानीमा ढल तथा फोहोर मिसिन सक्छ । यस्तो पानी प्रयोग गर्दा भित्री तथा बाहिरी रोग लाग्न सक्छ । 

    बाहिरी रोग अन्तर्गत घमौरा, डण्डिफोर, एलर्जी फंगल इन्फेक्सन आदि पर्छन् । 

    यसैगरी यो मौसममा निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या, संक्रमण आदि हुन सक्छ । खराब पानीका कारण टाइफाइड, जन्डिस, झाडापखाला, मलेरिया, आउँ तथा हैजाको प्रकोप वृद्धि हुन सक्छ । लामखुट्टेका कारण डेंगु हुन सक्छ । 

    बाहिर हिँड्डुल गर्दा मास्क प्रयोग गर्नुपर्छ । दूषित पानी तथा सडेगलेका, बासी, झिंगा भन्किएका खानेकुरा खानु हुँदैन । 

    यतिबेला मौसम ओसिलो हुने भएकाले कार्पेटको धूलो, ओस, कुकुरको रौं, लुगाको धूलो, फूलको पराग कण आदिबाट टाढै रहनुपर्छ ।

    धेरै चिसो खानेकुरा खानु हुँदैन । पानी तथा झोल कुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

 

 Image