Successfully Copied

स्वस्तिमाले भनिन्, ‘म एक्कासी हिट भएकी होइन’

स्वस्तिमा खड्का अहिलेकी लोकप्रिय अभिनेत्री हुन् । पछिल्लो समय चलचित्र ‘बुलबुल’ बाट राष्ट्रिय एवार्ड समेत हात पारिन् । छोटो समयमै धेरै चलचित्रमा काम गरिसकेकी स्वस्तिमासँग छोटो मिठो कुराकानी गरिएको छ ।

स्वस्तिमा खड्का अहिलेकी लोकप्रिय अभिनेत्री हुन् । पछिल्लो समय चलचित्र ‘बुलबुल’ बाट राष्ट्रिय एवार्ड समेत हात पारिन् । छोटो समयमै धेरै चलचित्रमा काम गरिसकेकी स्वस्तिमासँग छोटो मिठो कुराकानी गरिएको छ ।

नमस्ते स्वस्तिमा

नमस्ते !

आरामै हुनुहुन्छ ?

आराम छु ।

चलचित्र क्षेत्रमा एक्कासी हिट हुनुभयो है ?

कहाँ एक्कासी हिट भएको हो त ? एक्कासी हिट भएकी हिरोइन होइन । मिहेनतका साथ काम गरेकाले यो स्थानमा आएकी हुँ ।

चलचित्र खेल्नुअघि सुरुमा के हर्नुहुन्छ ?

उक्त चलचित्र बनाउने टिम हेर्छु । अनि मात्रै निर्णय गर्छु ।

त्यसपछि ?

त्यसपछि स्क्रिप्ट हेर्छु ।

स्क्रिप्ट पढ्न कति समय लाग्छ ?

रुची गयो भने एकैदिनमा सकाउँछु ।

अनि त्यसपछि ?

त्यसपछि स्क्रिप्ट मन पर्छ भने काममा ध्यान दिने नत्र आफ्नो बाटो लाग्ने काम हुन्छ ।

पैसा हेर्नुहुन्न ?

हाहाहा... नाई हेर्दिन ।

चलचित्र साइन गरेपछि पछि छोड्नुभएको कुनै त्यस्तो क्षण छ ?

छ । सुरुमा त्यो चलचित्र सुनाएको बेलामा मन पर्र्यो, अनि साइन गरेँ । तर, चलचित्रको स्क्रिप्ट पढ्ने बेलामा सोचेभन्दा फरक पाएँ । अनि छोडेँ ।

भर्खरै राष्ट्रपतीबाट राष्ट्रिय एवार्ड पाउनुभयो, कस्तो लाग्दैछ ?

निकै खुसी छु ।

आफुले यो एवार्ड पाउँछु जस्तो लागेको थियो ?

पाउँछु कि जस्तो लागेको त थियो तर पुर्ण आश गरेकी थिइनँ ।

आफु हिरोइन हुनुअघि को हिरोइन गज्जबको लाग्थ्यो ?

यहि हिरोइन भन्ने थिएन । सबैजना राम्रो लाग्थ्यो ।

अहिले कुन हिरोइन राम्रो लाग्छ ?

बर्षा राउत, जसिता गुरुङ, नम्रता श्रेष्ठ लगायत मलाई मन पर्ने धेरै हिरोइन हुनुहुन्छ ।

अन्तिममा एउटा प्रश्न, बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो ?

त्यो त गीत मार्फत मैले सोधिरहेकी छु नि !

 Image