Successfully Copied

सावधानी अपनाऔं 

    पानी राम्रोसँग उमालेर मात्र पिउनुपर्छ ।     खाना बनाउनुअघि तथा खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।     दिसा–पिसाब गरेपछि तथा बाहिर गएर आएपछि साबुनपानीले हात धुनुपर्छ ।

    गर्मीमा अमिलो, पिरो, फ्राई कुरा खाने मन सबैमा हुन्छ । 

    स्वादका लागि मीठो भए पनि यस्ता खानाले मानिसलाई दीर्घरोगी बनाउँछ ।

    सफा पानीले नपखालेका तथा नपाकेका सागसब्जी तथा माछा–मासु खाँदा अनेकौं समस्या उत्पन्न हुन सक्छन् । 

    राम्रोसँग पखालेका फाइबरयुक्त खानेकुरा तथा फलफूल मात्र खानुपर्छ । 

    बासी, सडेगलेका तथा बाहिर खुल्ला राखेका खानेकुरा खानुहुँदैन ।

    जंकफुड तथा स्ट्रिट फुड नखानु नै वेश हुन्छ । 

    सीधै फ्रिजका खानेकुरा खाँदा टन्सिल हुन सक्छ । 

    गर्मीमा कम पानी पिउँदा जल वियोजन हुनसक्छ । त्यसैले दिनहुँ कम्तीमा पनि तीन–चार लिटर पानी पिउनुपर्छ । 

    पानी पिउँदा छालासम्बन्धी रोगबाट पनि जोगिन सकिन्छ । पानी एकैपटक होइन पटक–पटक गरेर पिउनु लाभदायक हुन्छ । 

    यो मौसममा दिनहुँ दही खाए शीतलता प्राप्त हुनुका साथै जलवियोजनबाट जोगिन सकिन्छ । 

    यो मौसममा काँक्रा, खरबुजा आदि खान सकिन्छ जसमा प्रशस्त मात्रामा पानी हुन्छ । 

    बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्छ ।

के गर्ने ? 

    पानी राम्रोसँग उमालेर मात्र पिउनुपर्छ ।

    खाना बनाउनुअघि तथा खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

    दिसा–पिसाब गरेपछि तथा बाहिर गएर आएपछि साबुनपानीले हात धुनुपर्छ ।

    सम्भव भए हातमा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ ।

    काँचा खानेकुरा खानुहुँदैन । खुल्ला रूपमा बेच्न राखिएका फलफूल, झिँगा भन्किएका खानेकुरा खानु हुँदैन ।

    यतिबेला बाहिरको सलाद खानुहुँदैन । खानुपरे राम्रो पानीले २–३ पटक पखालेर मात्र खानुपर्छ । 

    गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले फ्रिजमा राख्नुपर्छ ।

    जारको पानी उमालेर तथा स्वच्छ बनाएर मात्र पिउनुपर्छ । 

    दूध पनि राम्रोसँग उमालेर मात्र पिउनुपर्छ । 

    बाहिर हिँड्दा मास्क प्रयोग गर्नुपर्छ ।

    घरभित्र–बाहिर सफा राख्नुपर्छ । गमलाको प्लेटमा पानी जमेको भए पनि सफा गरिरहनुपर्छ । घर वरपर पानी जमेका खाल्डा पुर्नुपर्छ । 

    सुत्ने बेलामा हातखुट्टामा तेल तथा क्रिम लगाउनुपर्छ । 

    लामखुट्टेले फुल पार्ने तथा पानी जम्मा हुने सम्भावना नै समाप्त गर्नुपर्छ । 

    लामखुट्टे तथा अन्य कीराको टोकाइबाट जोगिन फुल स्लिभका पहिरन लगाउनुपर्छ । सम्भव भए साँझ घरबाहिर निस्कनु हुँदैन । 

    नियमित रूपमा झुल प्रयोग गर्नुपर्छ । फोहोर पानीमा पौडी खेल्नुहुँदैन । 

 Image