Successfully Copied

माइग्रेन के हो ? 

महिलालाई पहिलो महिनावारी (मेनार्की) हुँदा तथा महिनावारी सुक्ने (मेनापज) समयमा पनि टाउको दुख्न सक्छ । हार्मोनल गडबडी वा उतारचढावका कारणसमेत यस्तो हुन्छ । यसैगरी विवाहित महिलाले परिवार नियोजनका साधन पिल्स प्रयोग गर्दा पनि टाउको दुख्ने सम्भावना हुन्छ । सबै टाउको दुख्ने समस्या भने माइग्रेन होइन । 

आधा टाउको दुख्ने, बेला–बेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि समस्या भए माइग्रेन भएको मानिन्छ । यस्ता समस्या भएकालाई घाम तथा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने तथा झर्को लाग्ने हुन्छ । खाली पेट हुँदा, व्रत बस्दा एवं राम्रोसँग निद्रा नलाग्दा टाउको दुख्न सक्छ । तनाव तथा चिन्ताका कारण पनि टाउको दुख्छ । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको टाउको बढी दुख्छ । 

महिलालाई पहिलो महिनावारी (मेनार्की) हुँदा तथा महिनावारी सुक्ने (मेनापज) समयमा पनि टाउको दुख्न सक्छ । हार्मोनल गडबडी वा उतारचढावका कारणसमेत यस्तो हुन्छ । यसैगरी विवाहित महिलाले परिवार नियोजनका साधन पिल्स प्रयोग गर्दा पनि टाउको दुख्ने सम्भावना हुन्छ । सबै टाउको दुख्ने समस्या भने माइग्रेन होइन । 

टाउको दुख्ने समस्यालाई दुई भागमा विभाजन गर्न सकिन्छ । 

१.प्राइमरी टाउको दुखाइ, २. सेकेन्डरी टाउको दुखाइ ।

प्राइमरी टाउको दुखाइ

यसअन्तर्गत माइग्रेन, टेन्सन टाइप तथा क्लस्टर पर्छन् । हार्मोनको सन्तुलन नहुनु तथा रक्तसंचालनमा गडबडी एवं तनाव नै टाउको दुखाइको मुख्य कारण हो ।

सेकेन्डरी टाउको दुखाइ

कुनै रोगका कारण टाउको दुख्नु नै सेकेन्डरी टाउको दुखाइ हो । कान, आँखा तथा दाँतको संक्रमणमा पनि टाउको दुख्न सक्छ । ट्युमरका कारण टाउको दुख्न सक्छ । रक्तचाप कम वा बढी हुँदा वा मधुमेहका कारण पनि बढी टाउको दुख्न सक्छ ।

पालना गर्नुपर्ने नियम 

    माइग्रेन बढाउने तत्व एवं खानपिन पत्ता लगाई त्यसमा नियन्त्रण गर्नुपर्छ । 

    गुन्द्रुक, सिन्की, तामा तथा बोतलमा राखिएका पुराना अचार खानुहुँदैन ।

    दही, पनिर, आइसक्रिम, कफी, चकलेट आदि खानु हुँदैन । 

    कोल्ड ड्रिंक्स, बियर, वाइन तथा रक्सीको सेवनका साथै धूम्रपान गर्नुहुँदैन ।

    उज्यालो, भीडभाड एवं कोलाहलबाट टाढै बस्नुपर्छ । 

    बढी गर्मी तथा चिसोबाट जोगिनुपर्छ । 

    खाली पेट बस्नुहुँदैन, फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

    तनाव तथा चिन्तारहित रहनुपर्छ । कुनै काममा व्यस्त हुनु उपयुक्त हुन्छ । 

    योग तथा शारीरिक व्यायाम गर्नुपर्छ । कम्तीमा पनि ६ देखि ८ घन्टा आरामले सुत्नुपर्छ । 

    निरन्तर मोबाइल तथा टिभी हेर्नुहुँदैन । 

उपचार 

माइग्रेन थेरापी : यसमा विभिन्न चिकित्सा पर्छन् । स्काल्प अकुपञ्चरबाट टाउको दुख्न कम हुन्छ । टाउकोमा अकुपञ्चरका सिरिन्ज राखेर यो उपचार सम्पन्न गरिन्छ । 

मसाज : शिरोधारासँगै टाउकाको मसाज गरिन्छ । 

ध्यान : ध्यानबाट पनि टाउको दुख्न कम हुन्छ । 

आयुर्वेदीय औषधि तथा सप्लिमेन्टको प्रयोगबाट पनि टाउको दुख्न कम गर्न सकिन्छ । यसबाट दुई–तीन हप्तामा टाउको दुख्न कम हुँदै जान्छ ।     

मेडिकल अकुपंचरिस्ट सफल हेल्थ होम 

 Image