Successfully Copied

मिस गुरुङ इन्टरनेशनलको तेस्रो सिजन 

मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण सकिएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ समुदायका युवतीहरू सहभागिता जनाएका छन् ।

भदौ २८ मा प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरणबाट देशैभरिबाट गरि जम्मा ४० प्रतियोगी छनौट हुनेछन् । छनोट भएका ४० प्रतियोगिलाई १ महिना सम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासंग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिएकी छन् ।

मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन् । ५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबरको पुरस्कार व्यवस्था गरिएको आयोजकले बताएका छन् । मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ । 

भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि.एण्ड.बि की विद्या भट्टराईको भनाई छ । 

 Image