Successfully Copied

बिहे नगरेका नेपालका हिट अभिनेत्रीहरु

चलेको चलन, विवाहका लागि साइत जुर्नुपर्छ । यद्यपि, साइत नजुरेपनि इच्छा हुनेहरुले बिहे गरेकै छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केहि त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले अहिलेसम्म लगन गाँठो कस्न सकेका छैनन् । कतिपयले डिभोर्स गरेर यत्तिकै एकल जिवन बिताइरहेका छन् । कतिपयले इङ्गेजमेन्ट

चलेको चलन, विवाहका लागि साइत जुर्नुपर्छ । यद्यपि, साइत नजुरेपनि इच्छा हुनेहरुले बिहे गरेकै छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केहि त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले अहिलेसम्म लगन गाँठो कस्न सकेका छैनन् । कतिपयले डिभोर्स गरेर यत्तिकै एकल जिवन बिताइरहेका छन् । कतिपयले इङ्गेजमेन्ट गरेर बिहेको मिति कुरिरहेका छन् । यसपटक हामीले नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका चर्चित अविवाहित अभिनेत्रीहरुको बारेमा छोटो चर्चा गरेका छौं ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ नेपालकी सर्वाधिक सुन्दर तथा स्टारडम भएकी अभिनेत्री हुन् । उनका अधिकांश चलचित्र सफल छन् । उनको सुन्दरता तथा अभिनयले धेरैलाई घायल पार्छ । हाल आफ्नो चलचित्र ‘जाइरा’ को प्रमोशनमा व्यस्त अविवाहित नम्रताले कहिले बिहे गर्छिन् केहि खुलासा गरेकी छैनन् ।  यद्यपी, प्रेमी दावा शेर्पासँग विहे हुने पक्का भएको जनाएकी छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

छोटो समयमै सुन्दरता र अभिनयका कारण साम्राज्ञी राज्यलक्ष्मी शाहले धेरैको मन जितिन् । यी अविवाहित सुन्दरीको सुन्दरताले धेरै यूवकलाई मोहित पारेको छ । साम्राज्ञी अबिवाहित अभिनेत्रीहरुमध्ये एक हुन् । उनि केहि समयअघि व्यवसायी मयंक खड्कासँगको प्रेम सम्वन्धमा थिइन् । अहिले उनको नाम देवांशु जंगबहादुर राणासँग जोडिएको छ ।

केकी अधिकारी

केकी अधिकारीको अभिनय र सुन्दरताले जो कसैलाई फिदा पार्छ । एक दर्जनको हाराहारी चलचित्रमा काम गरिसकेकी केकीको नयाँ चलचित्र ‘रातो गलबन्दी’ केहि हप्ताअघि प्रदर्शन भयो । तर, खासै चलेन । उनको अर्को चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुने तयारीमा छ । म्युजिक भिडियो तथा चलचित्रबाट प्रशस्त फ्यान कमाएकी केकी यतिका लामो समयसम्म प्रेमको चर्चाले चर्चित थिइनन् । हालै भने उनको प्रेम डुबेको चर्चा चलेको छ । बजारमा चलेका गसिपअनुसार केकीको गायक आर्जन पाण्डेसँग नाम जोडिएको छ । पछिल्लो समयमा एकसाथ देखिन थालेपछि उनिहरु प्रेममा रहेको अड्कल काट्न थालिएको हो ।

श्रृष्टी श्रेष्ठ

पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ चलचित्रको अभिनयका कारण चर्चामा आएकी अभिनेत्री भने होइनन् । उनको चर्चा प्रेमका कारण धेरै हुने गरेको छ । अहिले उनको नाम अभिनेता सौगात मल्लसँग जोडिएको छ ।  सौगात र श्रृष्टीको प्रेम मिडियाका लागि राम्रै मसला बनेको छ । दुबैले आफुहरु प्रेममा रहेको स्विकारिसकेका छन् । यद्यपी बिहेका बारेमा भने उनिहरुले मुख खोलेका छैनन् ।

अदिती वुढाथोकी

अदिती बुढाथोकी चलचित्र ‘कृ’ मा काम गरेपछि चर्चामा आएकी हुन् । बलिउडमा भविष्य खोजिरहेकी अदितीको प्रेम सम्वन्धका विषयमा अहिलेसम्म केहि खुलासा भएको छैन । सुन्दरताका कारण उनलाई चलचित्रमा लिन खोज्ने निर्देशक–निर्माता धेरै छन्, तर उनले अर्को प्रोजेक्टमा साइन भने गरिसकेकी छैनन् ।

निरुता सिंह

कुनै समयकी चर्चित अभिनेत्री निरुता सिंह अहिलेसम्म एक्लो जिवन विताइरहेकी छिन् । आफु एक्लो हुनुको कुनै रहस्य नखोलेकी निरुताको उमेर ४५ वर्ष हुन थाल्यो । उमेर बढ्दो क्रममा भएपनि उनको सुन्दरतामा भने खासै फरक परेको छैन । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । त्यसपछि केहि समय हराएर अहिले फेरी चलचित्र क्षेत्रमा फर्किएकी छिन् ।

प्रियंका कार्की

आयुष्मान देशराज र प्रियंका कार्कीको जोडी चलचित्र वृत्तको हिट प्रेम जोडी हो । केही बर्षदेखि प्रेममा रहेका प्रियंका–आयुष्मानले केहि महिनाअघि इङ्गेजमेन्ट गरेका छन् । यद्यपी बिहे गर्ने मिति भने तोकेका छैनन् ।

रेखा थापा

अभिनेत्री रेखा थापा एकल जिवन विताइरहेकी छिन् । छवि बासँगको सम्वन्धमा पुर्णविराम लागेपछि रेखाले अर्को केटामा नजर लगाएकी छैनन् । केहि समयअघि उनले एक नेतासँग बिहे हुन सक्ने वताएकी थिइन् । उनले वताएको उक्त अपुरो खबरका विषयमा धेरै गसिप समेत बने तर उनले मुख खोलेकी छैनन् ।

पुजा शर्मा

प्रेम गीतबाट चर्चामा आएकी अभिनेत्री पुजा शर्मा अबिवाहित अभिनेत्री हुन् । पुजा एक निर्देशकसँग गहिरो प्रेम सम्वन्धमा रहेको चर्चा चलेपनि उनले अहिलेसम्म ओपन गरेकी छैनन् । पुजाले उनै निर्देशकसँग बिहे गर्छिन् या अरु कोहि व्यक्तीसँग ? हेर्न बाँकी छ ।

ऋचा शर्मा

बिहे नगरेकी चर्चित अभिनेत्री हुन्, ऋचा शर्मा । अभिनयका कारण धेरैको नजरमा परेकी ऋचाको प्रेमका विषयमा खासै चर्चा भएको छैन । उनको धेरै बर्षअघि विनय श्रेष्ठसँग सम्वन्ध थियो । तर, चलचित्र प्रदर्शन भएपछि सम्वन्धमा पनि पुर्णविराम लाग्यो । हालै ऋचाले कान्तिपुरकर्मीसँग आफु कसैसँग गहिरो प्रेममा रहेको र उसैसँग बिहे हुन सक्ने खुलासा गरेकी छिन् । उनले आफ्नो प्रेमीको विषयमा केहि महिनामै मिडियाले थाहा पाउने समेत जनाएकी छिन् ।

नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटा पनि अबिवाहित छिन् । केहि समयअघि सागर श्रेष्ठसँग प्रेम सम्वन्धमा रहेपनि उनको प्रेमको गाडी एक्कासी रोकियो । त्यसपछि उनि अर्का एक युवकसँग प्रेममा रहेको चर्चा चलेपनि अहिलेसम्म उनले खुलाएकी छैनन् । जवकी यसअघिको प्रेमका विषयमा उनले खुलेरै प्रस्तुत भएकी थिइन् ।

शिल्पा मास्के

द ब्रेकअपमार्फत रजतपटमा उदाएकी अभिनेत्री हुन्, शिल्पा मास्के । यी अविवाहित अभिनेत्रीले ‘द ब्रेकअप’ पछि कागजपत्र शीर्षकको अर्को चलचित्रमा पनि काम गरिन् । हलिउडको डाक्टर स्टे«न्जमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । पछिल्लो समय उनले चलचित्र ‘सानो मन’ मा समेत काम गरिन् । सुन्दरता र अभिनयका कारणले चर्चामा रहेपनि यि अभिनेत्रीका तिनैवटा चलचित्र असफल भए ।

उपासनासिंह ठकुरी

अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ बाट रजटपटमा पदार्पण गरेकी उपासनासिंह ठकुरीले तुरुन्तै अर्को चलचित्र ‘कवड्डी कवड्डी कवड्डी’ मा काम गर्ने अवसर पाइन् । पहिलो चलचित्रबाट धेरैको नजरमा परेकी उनलाई चलचित्र क्षेत्रमा लामो रेसको घोडाको संज्ञा दिइएको छ । अविवाहित उपासनाको प्रेम चर्चा भने अहिलेसम्म भएको छैन ।

निता ढुंगाना

लामो समयदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी अभिनेत्री निता ढुंगाना अविवाहित अभिनेत्रीको लिस्टमै छिन् । उनि केहि समय अघि अभिनेता आमेश भण्डारीसँग गहिरो सम्वन्धमा थिइन्, तर उनिहरुको सम्वन्ध चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’ प्रदर्शन भएपछि रोकियो । हाल उनि सिंगल जिवन विताइरहेकी छिन् ।

प्रियंका एमभी

प्रियंका एमभी अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । इन्स्टाग्रामका तस्बिर देखेपछि क्याप्टेन युनिटले उनलाई अभिनयको प्रस्ताव गरेको थियो । उनि अहिलेसम्म सिंगल छिन् । उनको समेत प्रेमका विषयमा केहि वाहिरिएको छैन ।

निकिता चाण्डक

मिस नेपाल–२०१७ की विजेता निकिता चाण्डकको पहिलो डेब्यु चलचित्र हुनेवाला थियो, रानीमहल । तर, यो चलचित्रको छायांकन विचमै रोकियो । अहिले उनि नयाँ चलचित्र ‘साङ्लो’ मा व्यस्त छिन् । अविवाहित निकिताको प्रेम चर्चा खासै भएको छैन ।

सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्तको अफेयरका विषयमा खासै केहि सार्वजनिक भएको छैन । उनि हाल चलचित्र र अध्ययनमा व्यस्त छिन् । छोटो समयमै धेरै चलचित्रमा काम गरेकी सुरक्षा अविवाहित अभिनेत्रीमध्येकी एक हुन् ।

बर्षा सिवाकोटी

अभिनेत्री बर्षा सिवाकोटी प्रेमको विषयमा खासै चर्चामा आएकी छैनन् । घरबाट बिहेका लागी दवाव आएपछि उनले आजभोली ‘बिहे गर्ने तर केहि बर्षपछि’ भन्दै आएकी छिन् । अविवाहित यि अभिनेत्रीले कहिले बिहे गर्छिन् ? अहिलेसम्म केहि संकेत गरेकी छैनन् ।

आँचल शर्मा

अविवाहित अभिनेत्रीहरुको सुचीमै छिन्, आँचल शर्मा । पल शाहसँग सम्वन्धमा रहेको गसिप वजारमा हल्ला चलेपनि उनिहरुले अहिलेसम्म स्विकारेका भने छैनन् । आँचल पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा जमेकी अभिनेत्रीमा पर्छिन् । 

जसिता गुरुङ

जसिता गुरुङ अविवाहित अभिनेत्री हुन् । उनी प्रदीप खड्कासँग सम्वन्धमा रहेको चर्चा चलेपनि आधिकारिक प्रमाण भने कसैले भेट्टाउन सकेको छैन । उनीहरुले समेत स्विकारेका छैनन् । जसिताले लिलिबिली र लभ स्टेसनमा काम गरिसकेकी छिन् ।

आन्ना शर्मा

जेरी फेम अभिनेत्री आन्ना लभ स्टोरी चलचित्रमा जमेकी अभिनेत्री हुन् । उनी हाल एक युवकसँग निकै गहिरो प्रेम सम्वन्धमा रहेपनि दुवैजनाले मुख भने खोलेका छैनन् ।

सारा सिर्पाली

चलचित्र ‘रुद्र’ मार्फत अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्– सारा सिर्पाली । बेलायतमा अध्ययनर गरिरहेका बेला उक्त चलचित्रबाट नेपाली चलचित्रमा पाइला चालेकी सारा हाल अनमोल केसीसँग प्रेम सम्वन्धमा रहेको चर्चा चलेको छ । तर, उनिहरु दुवैले आफुहरु मिल्ने साथि मात्रै रहेको बताएका छन् ।

बेनिशा हमाल

बेनिशा हमाल अविवाहित अभिनेत्री हुन् । केहि समयअघि भएको एक अनौपचारिक गफमा अझै तिन–चारवर्ष बिहे नहुने बताएकी बेनिशाले न प्रेमका विषयमा मुख खोलेकी छिन्, न विवाहका विषयमा केहि बोलेकी छिन् ।

 Image