Successfully Copied

देवकी विष्टसँग तीन प्रश्न

हामी उठ्नेछौं भिडियो च्यालेन्जमा वुमन भिडियो मेकर विधामा ट्युन अफ झार्कीबाट अवार्ड हात पार्न सफल भिडियो मेकर हुन्–देवकी विष्ट । भिडियो खिच्ने, स्क्रिप्ट लेख्ने तथा एडिटिङ पनि आफै गर्ने देवकी यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाइरहन्छिन् ।

हामी उठ्नेछौं भिडियो च्यालेन्जमा वुमन भिडियो मेकर विधामा ट्युन अफ झार्कीबाट अवार्ड हात पार्न सफल भिडियो मेकर हुन्–देवकी विष्ट । भिडियो खिच्ने, स्क्रिप्ट लेख्ने तथा एडिटिङ पनि आफै गर्ने देवकी यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाइरहन्छिन् । प्रतिस्पर्धाबाटै आफ्नो सिर्जनामा निखार आउने सोच राख्ने देवकीले यसअघि पनि देउकी प्रथासम्बन्धी वृत्तचित्रबाट बेस्ट पर्फमेन्स अवार्ड जितेकी थिइन् । 

भिडियो च्यालेन्जका लागि झार्कीकै विषय किन छान्नुभयो ?

नेपालमा थुप्रै सुन्दर ठाउँका साथमा विभिन्न किसिमका धर्म–संस्कृति देखाउने पहिलेदेखिकै चाहना हो । संयोग नै भन्नुपर्छ एकजना फ्रेन्च एनटोपोलोजिस जो ३५ वर्षदेखि यही विषयमा रिसर्च गर्दै थिए । उनीसँगै म पनि त्यहाँ पुग्ने मौका पाएँ । उनीहरूको संस्कृति एवं भाषा देखेर म अचम्मित भएँ भने विदेशीहरूका लागि त त्यो नितान्त नौलो कुरा थियो । त्यसैले यही विषयमा भिडियो बनाएँ ।

यसका लागि कति दिनको मेहनत लाग्यो ?

एक हप्ता त्यहाँ बसेर तयार पारिएको भिडियो हो । त्यसभन्दा बढी बस्ने अवस्था पनि थिएन । खानेपानीको समस्या थियो, बत्तीको सुविधा थिएन भने बाटो पनि निकै डरलाग्दो थियो । बत्तीको अभावले 

क्यामेराको ब्याट्री पनि सिद्धिने अवस्था थियो ।

मेरो गाउँ, मेरो ठाउँ भिडियो अवार्ड पाउँदाको अनुभव कस्तो रह्यो ?

निकै खुसी लाग्यो । मेहनतको फल पाउँदा खुसी लाग्नु स्वाभाविक पनि हो । अहिले मेरो आत्मविश्वास बढेको छ । आगामी दिनमा अझ उत्कृष्ट भिडियो निर्माण गरी अन्तर्राष्ट्रिय जगत्मा चिनिने रहर छ ।

 Image