Successfully Copied

स्वास्थ्य नै धन 

जबसम्म हामी मानसिक रूपमा स्वस्थ हुन सक्दैनौं, तबसम्म हामी कुनै पनि कुरामा सफल हुन सक्दैनौं । त्यस्तै शारीरिक रूपमा स्वस्थ हुन मानसिक रूपमा स्वस्थ हुनैपर्छ भन्ने सोचले फिटनेसमा सचेत हुन थालेकी हुँ ।

बेनिशा हमाल, अभिनेत्री

अहिले फिटनेसमा अलि बढी नै सचेत देखिनुहुन्छ नि ?

जबसम्म हामी मानसिक रूपमा स्वस्थ हुन सक्दैनौं, तबसम्म हामी कुनै पनि कुरामा सफल हुन सक्दैनौं । त्यस्तै शारीरिक रूपमा स्वस्थ हुन मानसिक रूपमा स्वस्थ हुनैपर्छ भन्ने सोचले फिटनेसमा सचेत हुन थालेकी हुँ ।

 

तपाईंलाई आफ्नो फ्ल्मिी क्योक्टरअनुसार मोटाउन र दुब्लाउन निकै मेहनत गर्ने नायिका पनि भनिन्छ नि ?

मैले कथाको मागअनुसार मोटाउने वा दुब्लाउने धेरै प्रयास गरें । त्यसका लागि म नियमित जिम जान थालेकी हुँ । चलचित्र ब्लाइन्ड रक्सका लागि शरीर घटाउने क्रममा फिटनेस फ्रिक बनें । त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छु । 

फिटनेसको आवश्यकता कसरी महसुस गर्नुभयो ?

पब्लिक फिगर भएपछि फिट एन्ड स्मार्ट हुनुपर्ने रहेछ भन्ने सोच आयो ।

जिममा के–के गर्नुहुन्छ ?

२० मिनेट कार्डियो तथा वेट लिफ्टिङ गर्छु । फिट र सुन्दर देखिँदा आफूमा कन्फिडेन्ट लेबल पनि उतिकै बढ्दो रहेछ ।

डाइटिङ कत्तिको गर्नुहुन्छ ?

म एक्सरसाइज गरेर ब्यालेन्स डाइट खान्छु । म ब्राउन राइस, प्रोटिन बढी भएका माछा, मासु, अण्डा, गेडागुडीको दालका साथै जुस, फलफूल तथा कार्बोहाइडेडका लागि आलु खान्छु ।

तपाईंलाई मनपरेका आफ्ना चलचित्र ?

झ्याइँकुटी तथा ब्लाइन्ड रक्स । 

 Image