Successfully Copied

बिन्दु गीतमा प्रियंकाको ठुम्का

लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन् ।

चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ गीतको लोकप्रियतासँगै गायिका बिन्दु परियार पार्श्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’ को ‘पहिलो नम्बरमा...’ गीतको लोकप्रियताले उनलाई पार्श्व गायिकाको रुपमा स्थापित नै गरायो । त्यसो त गायिका परियारले केही महिनाअघि सार्वजनिक गरेको यूगल गीत ‘घरबार’ ले पनि दर्शक तथा स्रोताको मन जितेको थियो ।

लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायिका परियारले ‘म के गरौं...’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एकनारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष अविरलको संगीत निर्देशन छ ।

म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका कलाकारहरुले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाईजले नै कोरियोग्राफी गरेको हो । धीरज जंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :

 Image