Successfully Copied

घरमै स्वास्थ्य उपकरण

विगत केही वर्षयता नेपालीहरूले पनि स्वास्थ्य नै सबथोक भन्ने कुरामा ध्यान दिन थालेका छन् । स्वास्थ्यप्रति सजग, सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिसहरू घरमै स्वास्थ्य जाँचका उपकरणहरू राख्न प्रेरित भएका छन् । घातकबाहेक अन्य सामान्य रोगका लागि उपयोगी उपकरण धेरै पैसा नपर्ने

अहिले समय र प्रविधिले हरेक कुरा सहज बनाउँदै लगेको छ । उतिबेला कहाँ यस्तो हुनु ?’ दुई दशकअघिको घटना स्मरण गर्दै पेप्सिकोलाकी दीपा भन्छिन्–‘आमा दमको रोगी हुनुहुन्थ्यो । घरमा अक्सिजन सिलिन्डर राख्न नसकेर उहाँको निधन भयो ।’ उनका अनुसार समय, सूचना र प्रविधिका कारण अहिले हरेक कुरा सहज हुँदै गएको छ । जसमा प्रमुख भूमिका खेलेको छ–प्रविधिको विकाससँगै शिक्षा, सूचना र सचेतनाले । यसैगरी ४७ वर्षीया सिर्जना खत्री २५ वर्षअघि गर्भको स्थितिका सम्बन्धमा जानकारी दिने उपकरणका बारेमा आफूलाई थाहा भएको भए ५ वटा सन्तानकी आमा बन्नु नपर्ने पीडा व्यक्त गर्छिन् । सिर्जना भन्छिन्–‘गर्भ रहेको थाहै नहुने । भन्दाभन्दै जँचाउन अस्पताल जाने मेसो नमिल्ने, घरकालाई भन्न पनि धक लाग्ने, अहिले जस्तो तुरुन्तै गर्भ रहेको थाहा पाउने सामग्रीका बारेमा बुझेको र थाहा पाएको भए यस्तो दुःख हुँदैनथ्यो ।’

समयसँगै मानिसहरू स्वास्थ्यप्रति निकै सजग हुँदै गएका छन् र घरमै हेल्थ क्लब, जिम मात्र होइन दसौं लाख पर्ने डायलोसिस मेसिनसम्म राख्न थालेका छन् । अहिले संभ्रान्त मात्र नभएर मिडिल क्लास फेमिलीको घरमा समेत यस्ता स्वास्थ्य उपकरण देख्न पाइन्छ । डायबिटिज नाप्ने ग्लुकोमिटर, प्रेसर नाप्ने प्रेसर मेजरमेन्ट, पोर्टेबल डायलोसिस मेसिनदेखि लिएर पेरिटोनियल डायलोसिस मेसिन मात्र होइन फिजियोथेरापीका उपकरण टेन्स, ट्रयाक्सन, अल्ट्रासाउन्ड, हिट मेसिनसम्म घरघरमा देखिन थालेका छन् । 

स्वास्थ्य उपकरण विक्रेता एभरेस्ट ट्रेड लिंक तीनकुनेका सुवास श्रेष्ठ ब्लड टेस्टका मेसिनहरू भने ल्याब भएका स्थानका लागि माक्र बित्री गरिने बताउँछन् । श्रेष्ठका अनुसार विदेशतिर भने यस्ता स्वास्थ्य उपकरण घरेलु प्रयोगका लागि पनि खरिद–बिक्री हुन्छन् तर नेपालमा भने त्यो ट्रेन्ड भित्रिसकेको छैन । 

हेल्थ केयर टेक्नोलोजिज प्रसूति गृह मार्गकी सुस्मिता पोखरेल आफूहरूले धेरैजसो बिपी जाँच्ने मेसिन बेच्ने कुरा बताउँछिन् । खासगरी डिजिटल बिपी मेसिन तथा डिजिटल थर्मोमिटर बिक्री हुन्छन् । ब्लडप्रेसर जाँच्ने मेसिन ३५ सयदेखि ६ हजारसम्मका र थर्मोमिटर २ सय ५० रुपैयाँदेखि ४५ सयसम्मका छन् । ‘मेसिन खरिदकर्तालाई हामी प्रयोग गर्ने विधि पनि यहीँ सिकाएर पठाउँछौं ।’ पोखरेल भन्छिन्–‘अहिले घर–घरमा यसको माग छ । स्वास्थ्य चेतना र सावधानीका कारण यस्ता उपकरण किन्नेहरू निकै बढेका छन् । अहिले यी उपकरण स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छन् ।’

भण्डारी सर्जिकल हाउसमा सुईदेखि लिएर एक्सरे, अल्ट्रासाउन्ड तथा ल्याब एनालाइजर, ल्याब रिएजेन्सहरू, डायग्नोटिक किटलगायत औषधिबाहेकका हरेक सामान पाइन्छन् । होम केयरका लागि भारतको डाक्टर मरपिन कम्पनीका ब्लडप्रेसर नाप्ने, सुगर नाप्ने, ज्वरो नाप्ने उपकरण र हटवाटर ब्याग, बेल्ट, पल्स अक्सिमिटर आदि सम्पूर्ण सामग्री यहाँ उपलब्ध छन् । सक्नेहरूले घरमै नर्स तथा अन टाइम डाक्टर राखेर अस्पतालको सेटअप घरमै गराएर पनि सेवा लिइरहेका छन् जुन लामो समय अस्पताल बस्नुपर्ने बिरामीहरूका लागि उपयुक्त छ । दमका बिरामीका लागि पल्स अक्सिमिटर तथा अक्सिजन कन्सनटेटर नामको उपकरणले स्वतः अक्सिजन उत्पादन गर्छ । यो मेसिनको पनि अहिले निकै माग छ । भण्डारी सर्जिकल हाउसका आर.एस.भण्डारी भन्छन्–‘रोगअनुसार फरक–फरक उपकरण प्रयोग गर्नुपर्छ । दमका बिरामीले १ लाखसम्म खर्च गर्न सके गुणस्तरीय उपकरण घरमै राख्न सक्छन् । रोग र गुणस्तरमा निर्भर हुन्छ उपकरणको मूल्य ।’ घरमै प्रयोग हुने स्वास्थ्य उपकरण भनेका ग्लुकोमिटर, थर्मोमिटर, पल्स अक्सिसमटर, इयर म्याट्रेस, क्याथेटर आदि नै हुन् । 

स्वीकृति इन्टरनेसनल एन्ड स्वीकृति मेडिसेल, चप्पल कारखानामा आँखासम्बन्धी विभिन्न लेन्स राखिएका छन् । संचालक दीपक पाण्डेका अनुसार नेपालमा लेन्स प्रयोग गर्ने ट्रेन्ड बढिरहेको छ । चस्मा लगाउन झन्झट मान्ने र चस्मालाई सुन्दरतासँग जोडेर हेर्नेहरू लेन्स प्रयोग गर्न रुचाउँछन् । कतिपय आँखाको सौन्दर्य वृद्धिका लागि कलरफुल लेन्स प्रयोग गर्न चाहन्छन् भने केही आँखाको आवश्यकता हेरी लेन्स प्रयोग गर्छन् । 

सनराइज सर्जिकल हाउस त्रिपुरेश्वरका अमृत कार्कीका अनुसार उनीकहाँ विभिन्न ब्रान्डका स्वास्थ्य उपकरण उपलब्ध छन् । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने थाहा भएपछि घरका लागि यस्ता उपकरण बढी बिक्री हुन थालेको कार्कीले बताए । नेपालीहरूमा बढिरहेको सुगर, प्रेसर, काठमाडौंको धूवाँ–धूलो र प्रदूषणका कारण रुघा–खोकी एवं ज्वरोका कारण पनि मानिसहरू अहिले आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । त्यसैले घरमै प्रयोग गर्न मिल्ने पोर्टेबल स्वास्थ्य उपकरणको बिक्री बाक्लिएको उनको तर्क छ । सनराइज सर्जिकल हाउसले विभिन्न रोगका लागि फरक–फरक हेल्थ इक्युपमेन्ट बिक्री–वितरण गर्छ । ज्वरो नाप्ने थर्मोमिटर, सुगर नाप्ने ग्लुकोमिटर, ब्लड प्रेसर जाँचका लागि प्रेसर बिपी मोनिटर, गर्भवती जाँचका लागि प्रेग्नेन्सी टेस्ट आदिको प्रयोग घर–घरमा हुन थालेको छ । सुलभ मूल्य तथा सजिलै प्रयोग गर्न सकिने भएकाले पनि यस्ता उपकरण धेरैले रुचाएका छन् । 

आर. एस. भण्डारी

निर्देशक–भण्डारी सर्जिकल हाउस 

विगत केही वर्षयता नेपालीहरूले पनि स्वास्थ्य नै सबथोक भन्ने कुरामा ध्यान दिन थालेका छन् । स्वास्थ्यप्रति सजग, सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिसहरू घरमै स्वास्थ्य जाँचका उपकरणहरू राख्न प्रेरित भएका छन् । घातकबाहेक अन्य सामान्य रोगहरू जस्तै–सुगर, प्रेसर, ज्वरो, कोलेस्ट्रोल, दम आदि रोगका लागि उपयोगी उपकरण धेरै पैसा नपर्ने र प्रयोग गर्न पनि सजिला भएकाले अहिले मानिसहरू ज्वरो नाप्नकै लागि मात्र अस्पताल धाउँदैनन् । घरमै थर्मोमिटर राख्यो ज्वरोको लेभल थाहा पायो अनि सोहीअनुसार औषधि प्रयोग गर्‍यो । यसो गर्दा समय र पैसा दुवैको बचत हुन्छ । अहिले सक्नेहरूमा घरमै मिनी क्लिनिक सेटअप गरेर आधुनिक बेडलगायत अन्य स्वास्थ्य उपकरण राख्ने चलन पनि बढ्दैछ । त्यसबाहेक स–साना रोगका लागि हेल्थ इक्युपमेन्ट्स त सामान्य नै भैसकेका छन् । 

 

 Image