Successfully Copied

गायिका रितु कँडेललाई मनपर्ने पाँच पुरुष स्वर

म सानैदेखि प्रेमध्वज प्रधानका गीत सुनेर हुर्किएकी हुँ । म प्रेमध्वजको सफ्ट भ्वाइस र मन छुने शब्द तथा गाउने शैलीबाट प्रभावित छु । मलाई उहाँको नमान लाज यसरी र घुम्तीमा नआऊ है गीत सारै मन पर्छन् ।

प्रेमध्वज प्रधान ः म सानैदेखि उहाँका गीत सुनेर हुर्किएकी हुँ । म प्रेमध्वजको सफ्ट भ्वाइस र मन छुने शब्द तथा गाउने शैलीबाट प्रभावित छु । मलाई उहाँको नमान लाज यसरी र घुम्तीमा नआऊ है गीत 

सारै मन पर्छन् ।

उदय सोताङ ः उदय सोताङको स्वर मेलोडियस छ । स्मुथली गाउने र प्रस्ट भ्वाइस नै उहाँको प्लस प्वाइन्ट हो । मलाई उहाँको छिनछिनमै हाँस्न मन लाग्छ गीत जति सुने पनि कम लाग्छ ।

शिव परियार ः अहिलेको पुस्ताका गायकहरूमध्ये शिव परियारको स्वरमा विशेष दम छ । उहाँको क्लासिकल टोनको भ्वाइसका कारण  हरेक गीत कर्णप्रिय लाग्छन् । परियारको यहाँ पिउने म पिलाउनेको क्या बदनामी भो गीत नयाँ स्वादको छ ।

प्रमोद खरेल ः रोमान्टिक फ्लेबरमा क्लासिकल टच भएका गीतले गर्दा प्रमोद खरेलका गीत सुमधुर सुनिन्छ । उहाँले गाएको मेरो दिल छ पोखरामा निकै कर्णप्रिय छ ।

कमल खत्री ः अहिलेको पुस्तालाई मनपर्ने पप फ्लेबरका गीत गाउन माहिर छन्–कमल खत्री । उनले गाएका पप गीतले सुनिरहौं जस्तो फिलिङ्स जगाउँछ । कमलको कोरेर प्रेम पत्र गीत मैले धेरै सुनेको गीतमध्ये एक हो ।

 

 Image