Successfully Copied

ढुंगासँग महिलाको जीवन

राजभण्डारीले महिलाका तिनै विभिन्न रूपलाई ढुंगाका विविध रूप–रंग तथा आकृतिमा ढालेकी छिन् । उनले मोनो कलरमा संघर्षका रूपमा अनि कलरफुल कलरमा संघर्षपछिका कुराहरूलाई उतारेकी छिन् । कलाकार राजभण्डारी भन्छिन्–म आफ्नो कलामा खुसी, दुःख तथा संघर्षका क्षणहरूलाई उतार्ने प्रयास गर्छु । केही समयदेखि उनी रुखलाई पनि ढुंगासँग

पेन्टिङ सुरु गर्दा ल्यान्डस्केपमा फोकस थिइन् । स्वतन्त्र जीवनको अनुभूतिसँगै उनी सुन्दर ल्यान्डस्केपहरू कोर्थिन् । विवाहपछि महिलाको जीवनमा धेरै प्रकारका मोड आउने अनुभवसँगै उनलाई जीवन भनेको रुखजस्तो हो कि भन्ने अनुभूति हुन थाल्यो र उनको कला यात्रा ल्यान्डस्केपबाट रुखका कलाकृतितर्फ मोडियो । जसरी रुख ठूलो हुँदै गएपछि हरेक आकार–प्रकारअनुसार फरक–फरक स्वरूप हुन्छ, सम्झनालाई मानवीय जीवन पनि त्यस्तै लाग्यो । त्यसपछि उनले रुखमार्फत जीवनका सुख–दुःखहरू अभिव्यक्त गर्न थालिन् ।

कलरफुल रुखका पेन्टिङले मानिसको रमाइलो क्षणलाई प्रतिनिधित्व गर्छ भने डल कलरले उजाड र दुःखका क्षणहरूलाई प्रतिनिधित्व गर्छन् । राजभण्डारीले धेरै समय रुखका चित्र कोरिन्, केही समययता उनी महिलाहरूलाई ढुंगासँग दाँज्दै आफ्नो पेन्टिङको थिम ढुंगालाई बनाउन थालेकी छिन् । मानिसले ढुंगालाई बाटोमा कुल्चेर हिँड्छ, कहिले भगवान्का रूपमा पूजा गर्छ, कतिले यसलाई ज्वेलरीका रूपमा प्रयोग गर्छन् । त्यसरी नै महिलाहरूलाई कतिले माया त कतिले अपहेलना गरिरहेका हुन्छन् । राजभण्डारीले महिलाका तिनै विभिन्न रूपलाई ढुंगाका विविध रूप–रंग तथा आकृतिमा ढालेकी छिन् ।

उनले मोनो कलरमा संघर्षका रूपमा अनि कलरफुल कलरमा संघर्षपछिका कुराहरूलाई उतारेकी छिन् । कलाकार राजभण्डारी भन्छिन्–म आफ्नो कलामा खुसी, दुःख तथा संघर्षका क्षणहरूलाई उतार्ने प्रयास गर्छु । केही समयदेखि उनी रुखलाई पनि ढुंगासँग दाँजेर चित्र कोरिरहेकी छिन् । अहिले उनका रुखमा पहिले जस्तो हाँगाबिँगा र पातहरू छैनन् । अहिले सम्झनाका रुख स्वतन्त्र रूपमा कोरिएका छन् ।

यी चित्रले मानवीय जीवनमा हरेकले महसुस गर्ने स्वतन्त्रताको आभास गराउँछन् । मानिसको व्यक्तिगत इच्छाअनुसार जीवन चल्नुपर्छ भन्ने मान्यता नै उनका चित्रको अहिलेको थिम हो । जीवन नदी हो बगिरहनुपर्छ, जहाँ छाल पनि आउँछ, बाढी पनि आउँछ तर नदीको काम बग्ने हो । सम्झनाका चित्रहरू हेर्दा यस्तै अनुभव हुन्छ । जीवन कहिले पहाडजस्तो लाग्छ त कहिले समथर मैदानजस्तो । कहिले स्वतन्त्रता महसुस हुन्छ त कहिले बन्धन । 

 Image