Successfully Copied

तीजमा खाइने दर

दरलाई मीठो परिकारका रूपमा पनि बुझिन्छ । यद्यपि दर भनेको तीजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो परिकार नै हो । केही वर्षयतादेखि महिनौं दिनअघिदेखि साथीसंगी एवं आफन्तकहाँ गएर दर खाने चलनसमेत बढ्दो छ । दर ख्वाउनेहरूको संख्या बढ्नुका साथै महिलाहरूको व्यस्त जीवन शैली पनि

अरू बेला कतै सुन्न नपाइने दर शब्द नेपाली संस्कृतिको अमूल्य शब्द हो । दरलाई मीठो परिकारका रूपमा पनि बुझिन्छ । यद्यपि दर भनेको तीजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो परिकार नै हो । केही वर्षयतादेखि महिनौं दिनअघिदेखि साथीसंगी एवं आफन्तकहाँ गएर दर खाने चलनसमेत बढ्दो छ । दर ख्वाउनेहरूको संख्या बढ्नुका साथै महिलाहरूको व्यस्त जीवन शैली पनि यसको कारण मानिन्छ ।

दरका रूपमा चौरासी व्यञ्जन तयार गरिए पनि ढकनीलाई दरबाट हटाउने हो भने त्यो दर हुन सक्दैन । किनभने संस्कृति भनेको परम्परा पनि हो र यसलाई संरक्षण गर्नुपर्छ । त्यसकारण ढकनीलाई दरमा समावेश गर्न नबिर्सौं ।

 

ढकनी

सामग्री ः चामल (लङ ग्रेड बासमती) १ किलो, घिउ १ सय ५० ग्राम, ड्राइ फ्रुट्स (ल्वाङ, सुकमेल, मरिचको धूलो एवं अलैंचीका दाना) ।

विधि ः कराहीमा घिउ तताएर त्यसमा चामल हाली सानो आँचमा खैरो हुन्जेल भुट्ने । यसलाई आगो निभाएपछि पनि भुटिरहने । केही सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा बेलाबेलामा चलाउँदै पकाइरहने । चामल राम्रोसँग पाकेपछि त्यसमा भएको दूध सुक्न दिने र चिनी हाली राम्रोसँग चलाउने अनि ड्राइ फुड छर्कने । केही समय छोपेर राख्ने । अब यो परिकार खानका लागि तयार हुन्छ ।

भिन्डीको अचार

तीजताका जताततै भिन्डी पाइन्छ । हरियो तरकारीका रूपमा भिन्डीका अनेकौं परिकार तयार गर्न सकिन्छ । दरका रूपमा भिन्डीको अचार स्वादिलो एवं स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।

सामग्री ः भिन्डी १ किलो, हरियो खुर्सानी १ सय ग्राम, कागती १ वटा, तिलको छोप २ सय ग्राम, तेल १ मिलिलिटर, जिरा, हिङ तथा मेथी १ चम्चा ।

विधि ः भिन्डीलाई लामो दुई इन्चको टुक्रामा चिर्ने । खुर्सानी पनि लामो पारेर चिरेर राख्ने । कराहीमा तेल तताउने, मेथी, जिरा तथा हिङ फुराउने । चिरेको खुर्सानी हालेर केहीबेर चलाउने । त्यसपछि बेसार हाली काटेको भिन्डी ओइरिने । नुन हालेर राम्रोसँग चलाउने । अब यसलाई छोपेर सानो आँचमा पाक्न दिने । कागतीको अमिलो आवश्यक मात्रामा हाली छोप मिसाउँदै चलाउने । 

 Image