Successfully Copied

समाजलाई हामीले बनाउने हो : स्वस्तिमा

म्युजिक भिडियो, मोडलिङ, विज्ञापन आदि सबै क्षेत्रमा छाएकी छिन् स्वस्तिमा । उनलाई पनि धेरैले अब तिम्रो करियर माथि जान कठिन हुन्छ भनेका थिए स्वस्तिमा भन्छिन्–आफैलाई पनि ल अब मैले काम पाउँदिन कि भन्ने लाग्थ्यो । तर मलाई लाग्छ यो मानसिकता समाजले भन्दा पहिले हामी कलाकार

 

करियर सुरु गर्ने क्रममै स्वस्तिमाले निर्देशक निश्चल बस्नेतसँग विवाह गरिन् । विवाहपछि नायिकाहरूको करियर र चार्म समाप्त हुन्छ भन्ने मानसिकता बोकेका धेरै चलचित्रकर्मीले स्वस्तिमाको करियरमा पूर्णविराम लाग्ने शंका गरे । यद्यपि ती सबै कुराको ठीक उल्टो भयो स्वस्तिमाका चलचित्रको करियरमा । एकपछि अर्को राम्रो ब्यानरमा काम गरिरहेकी स्वस्तिमालाई अविवाहित नायिकाहरूसँग तुलना गर्ने हो भने पनि उनी एक कदम अगाडि नै देखिन्छिन् ।

म्युजिक भिडियो, मोडलिङ, विज्ञापन आदि सबै क्षेत्रमा छाएकी छिन् स्वस्तिमा । उनलाई पनि धेरैले अब तिम्रो करियर माथि जान कठिन हुन्छ भनेका थिए स्वस्तिमा भन्छिन्–आफैलाई पनि ल अब मैले काम पाउँदिन कि भन्ने लाग्थ्यो । तर मलाई लाग्छ यो मानसिकता समाजले भन्दा पहिले हामी कलाकार स्वयंले बनाएका रहेछौं–मेरो विवाह भयो, अब मैले काम पाउँदिन, मेरा प्रशंसक घट्छन् भन्ने मानसिकता ।

कलाकारको धर्म भनेको राम्रो अभिनय गर्ने, राम्रो चलचित्र दिने हो । प्रशंसकहरूलाई उसको विवाह हुनु वा नहुनुसँग मतलब हुँदैन, काम राम्रो हुनुपर्छ ।

४ वर्षको चलचित्र यात्रामा उनले जम्मा ७ वटा मात्र चलचित्रमा काम गरेकी छिन् । स्वस्तिमा भन्छिन्– चित्तबुझ्दो छ भने वर्षमा ४ वटा चलचित्रमा पनि काम गर्छु तर राम्रो अफर आएन भने २ वर्षमा एउटै चलचित्रमा पनि देखा पर्दिन ।

उनका लागि चलचित्र राम्रो भन्नुको अर्थ कथासँगै राम्रो टिम पनि हो । केही समयअघि प्रदर्शनमा आएको बुलबुलमार्फत श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा अवार्ड प्राप्त गरेकी स्वस्तिमाले यसपटकको राष्ट्रिय पुरस्कारसमेत हात पारिन् । भर्खरै रिलिज भएको हजार जुनीसम्ममा काम गर्दा आफूलाई विशेष सन्तुष्टि मिलेको स्वस्तिमाले बताइन् । 

सफलताको रहस्य :

स्वस्तिमाको एउटा प्लस प्वाइन्ट भनेको उनको कुनै पनि काममा श्रीमान्को हस्तक्षेप नहुनु हो । विवाहित भएर पनि उनी एक्लै काम गर्छिन् । श्रीमान्मा कहिल्यै सुटिङमा सँगै आउने, अन्तर्वार्ता, फोटोसुट आदिमा सँगै जाने वा शंका गर्ने बानी नभएकाले पनि विवाहपछि स्वस्तिमाले स्वतन्त्रतापूर्वक काम गर्न पाएकी छिन् र उनको सफलताको मुख्य रहस्य पनि यही हो । 

मन परेको चलचित्र र कलाकार : स्वस्तिमालाई अहिलेसम्म हेरेका चलचित्रमध्ये सबैभन्दा मन परेको चलचित्र सेतो सूर्य हो भने मेनुका प्रधान, दिया मास्के, विपिन कार्की, दयाहाङ राई तथा सौगात मल्ल उनलाई मनपर्ने कलाकार हुन् । 

सम्बन्ध सुमधुर राख्न : 

विश्वास, समझदारी एवं एक–अर्काको कामको सम्मान भयो भने सम्बन्ध बिग्रन सक्दैन ।

तस्बिर : महेश प्रधान, पहिरन : मञ्जु ढकाल, ड्रिम वेयर बुटिक, कुपण्डोल

मेकअप तथा हेयर : अम्बु रुचाल, मिरर ब्युटिपार्लर, कमलपोखरी

एसेसरिज : जीवा ज्वेलरी, नक्साल, लोकेसन : रानीबारी, सामाखुसी

 Image