Successfully Copied

बुवा पनि साथी पनि 

म बुवाकी आज्ञाकारी छोरी हुँ । बुवा मेरा समझदार साथी हुनुहुन्छ । मेरो र बुवाको विचार मिल्छ । त्यसैले घरपरिवारमा म सबैभन्दा बढी बुवासँग नै कुराकानी गरिरहेकी हुन्छु । बुवाले मलाई कहिल्यै नियन्त्रण गर्नुभएन । मलाई करियरमा अघि बढ्न सधै हौसाइरहनुभयो ।

नेपाली समाजमा एउटा भनाइ छ–‘छोरीहरू जहिले पनि बुवाका प्यारा हुन्छन् ।’ बुवाले छोरीलाई निकै माया–ममता दिएर हुर्काउँछन् । हाम्रो समाजको परम्परागत चलनअनुरूप छोरीहरू हुर्किएपछि पराई घरमा जान्छन्, सधै आफ्नो साथमा हुँदैनन् । त्यसैले पनि बुवाहरू छोरीको भविष्यप्रति बढी चिन्तित हुन्छन् । छोरीलाई सबल र सक्षम बनाइयो भने पराई घरमा दुःख पाउँदैनन् भन्ने सोच सबैजसो बाबुमा हुन्छ ।  त्यति मात्र होइन, कतिपय बुवा यस्ता हुन्छन् जसले छोरीको सुरक्षा, खुसी, उन्नति, प्रगति एवं प्रतिष्ठाका लागि जीवनभर संघर्ष गर्नुपरे पनि हार मान्दैनन् ।

आँचल शर्मा, अभिनेतृ 

बुवा : उत्तम दवाडी

मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी अभिनेतृ आँचल शर्मा चञ्चले स्वभावकी छिन् । उनलाई गम्भीर हुनै आउँदैन । त्यसैले उनका बुवा उत्तम दवाडी भन्छन्–‘यो अझै केटाकेटीजस्तै छे ।’

आँचल र उनका बुवाको कुरा खुबै मिल्छ । उनीहरू एक–अर्कासँग कुरा गर्दै रमाउँछन् । आँचल बेलाबखत घर बस्दा बुवासँग खुलेर कुरा गर्छिन् । उनीहरूको कुरा बुवा र छोरीको भन्दा पनि साथीको जस्तो हुन्छ । आँचल भन्छिन्–‘मेरा बुवा बुवासँगै साथीजस्तो हुनुहुन्छ ।’

हुन त आमासँग पनि उनको कुरा नमिल्ने होइन तर बुवासँग बढी घनिष्टता छ । आँचल भन्छिन्–‘सायद बुवा दिनभर अफिसमा हुने भएर होला हामी आमासँग बढी समय बिताउँछौं । त्यसैले पनि उनलाई बुवा प्यारो जस्तो लाग्छ, बुवा र छोरीको सम्बन्ध सुमधुर भएजस्तो लाग्छ किनभने बुवाबाट जीवनका कतिपय पक्षमा खासै रोकटोक हुँदैन, स्वतन्त्रता पाइन्छ । 

बुवा पनि साथी पनि 

म बुवाकी आज्ञाकारी छोरी हुँ । बुवा मेरा समझदार साथी हुनुहुन्छ । मेरो र बुवाको विचार मिल्छ । त्यसैले घरपरिवारमा म सबैभन्दा बढी बुवासँग नै कुराकानी गरिरहेकी हुन्छु । बुवाले मलाई कहिल्यै नियन्त्रण गर्नुभएन । मलाई करियरमा अघि बढ्न सधै हौसाइरहनुभयो ।  म जहिले पनि हरेक कुराको क्रेडिट बुवालाई दिन्छु । मेरो सबैभन्दा नजिकको र भरपर्दो साथी भनेकै बुवा हुनुहुन्छ । कुनै कुरा गर्नुपरे म बुवासँगै खुल्छु । मलाई बुवासँग निर्धक्क कुरा गर्न मन लाग्छ । आफ्नो मनको कुरा उहाँसँग शेयर गरिरहन्छु । म आफ्नो कमजोरी बुवालाई मात्र भन्छु । अरूलाई भन्न नसकेको कुरा पनि बुवाका अगाडि भन्न सक्छु । म बुवाप्रति पूर्ण विश्वास र भरोसा गर्न सक्छु । 

गाली गर्नुपर्ने ठाउँमा गाली, माया गर्नुपर्ने ठाउँमा माया, हौसला दिनुपर्ने ठाउँमा हौसला–मेरा बुवालाई हामीजस्तो युवापुस्तालाई के मनपर्छ, के गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान छ । बुवाले मेरो कुरा बुझ्नुहुन्छ । मेरो स्वभाव र मन पनि बुझ्नुहुन्छ । म पनि बुवाको मन बुझ्छु । उहाँलाई के गर्दा बिझाउँछ, के गर्दा चित्त बुझ्दैन भन्ने कुरा थाहा छ । हाम्रो सोंच र आनीबानी पनि मिल्छ । 

आमा धर्मकर्ममा बढी नै विश्वास गर्नुहुन्छ । आमा पूजापाठ गर्ने, व्रत बस्ने जस्ता काममा व्यस्त रहनुहुन्छ । म पनि धर्ममा आस्था राख्छु तर आमाजस्तै मन्दिर धाउने, पूजा गर्ने, व्रत बस्ने काम चाहिँ गर्दिन । धर्म भनेको मनमा हुनुपर्छ भन्ने लाग्छ मलाई ।

 

 Image