Successfully Copied

समझदार अभिभावक बुबा

ममा सानैदेखि खेलमा रुचि थियो । घरकी एक्ली छोरी भएर पनि होला म अलि जिद्दी थिएँ । बदमासी पनि गर्थें । घरमा एकछिन चुप लागेर बस्न सक्दिनथें । दाइहरूसँग क्रिकेट, ब्याडमिन्टन आदि खेल्थें । खेल्ने साथी कोही नपाए दौडनुपर्ने । बाबाले मेरो खेलप्रतिको रुचि बुझ्नुभएछ । उहाँले मलाई तेक्वान्दो सिक्न

आठ वर्षको उमेरदेखि जिम्न्यास्टिक खेल्न थालेकी आयशा शाक्य राष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थुप्रै पदक हासिल गरेकी छिन् । ब्ल्याक बेल्ड थर्ड डन आयशाले श्रीलंकामा भएको दसौं साग खेलकुदामा ५९ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । यसैगरी दोहा कतारमा भएको १५ औं एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाट उनले कांस्य पदक हात पारेकी थिइन् । शाक्य कोरियामा सम्पन्न फस्ट वर्ल्ड तेक्वान्दो कल्चर एक्स्पोकी कांस्य पदक विजेता पनि हुन् । आयशाको यो जितका पछाडि उनका बुवा जुजुरत्न शाक्यको हात छ  । 

 

आयशा शाक्य,तेक्वान्दो खेलाडी

बुबा : जुजुरत्न शाक्य

समझदार अभिभावक

ममा सानैदेखि खेलमा रुचि थियो । घरकी एक्ली छोरी भएर पनि होला म अलि जिद्दी थिएँ । बदमासी पनि गर्थें । घरमा एकछिन चुप लागेर बस्न सक्दिनथें । दाइहरूसँग क्रिकेट, ब्याडमिन्टन आदि खेल्थें । खेल्ने साथी कोही नपाए दौडनुपर्ने । बाबाले मेरो खेलप्रतिको रुचि बुझ्नुभएछ । उहाँले मलाई तेक्वान्दो सिक्न पठाउनुभयो । 

बाबाले मलाई आफ्ना साथी ईश्वरमान बज्राचार्यकहाँ तेक्वान्दो खेल्न पठाउनुभयो । ईश्वरमान गुरु त्यतिबेला मेरो घर नजिकै पाटन ढोकामा तेक्वान्दो सिकाउनुहुन्थ्यो । म ईश्वरमान गुरुबाट तेक्वान्दो सिक्न थालें । दाइ पनि मसँगै तेक्वान्दो सिक्न जानुहुन्थ्यो । पछि दाइले पढाइमा बाधा हुन्छ भनेर तेक्वान्दो छाड्नुभयो । म चाहिँ निरन्तर लागिरहें । 

बुवालाई यो खेल खेलेर छोरीले पदक जित्छे, नाम राख्छे भन्ने भन्दा पनि आत्मरक्षा गर्न सक्छे, शरीर तन्दुरुस्त हुन्छ भन्ने लागेको हुनुपर्छ । मेरा बुवाले भने मेरो इच्छा र क्षमता बुझ्नुभयो । उहाँ जस्तो बुवा नपाएको भए मैले तेक्वान्दो खेलबाट आफ्नो चिनारी बनाउँथें जस्तो लाग्दैन । 

अहिले पनि बुवाले मलाई हौसला दिइरहनुहुन्छ । ‘अझै गर्न सक्छ्यौ, यति गरेर मात्र हुँदैन । तिमीले गर्दा नै मैले आफूलाई चिनाउन सकेको छु ।’ भन्नुहुन्छ । मलाई मेरो बुवा संसारकै सबैभन्दा बेस्ट बुवा हो । 

 Image