Successfully Copied

यसरी मनाऔं तीज

नेपाली नारीहरूको महान् चाड तीज नजिकिँदै छ । तीज मनाउने तथा दर खाने शैलीमा अहिले निकै फरकपन देखिन थालेको छ । पहिले तीजको अघिल्लो दिनमात्र दर खाने चलन थियो । अहिले बढ्दो व्यस्तता एवं सामाजिकीकरणका कारण महिना दिनअघिदेखि नै दर खाने–ख्वाउने क्रम सुरु भैसक्छ । दरका

नेपाली नारीहरूको महान् चाड तीज नजिकिँदै छ । तीज मनाउने तथा दर खाने शैलीमा अहिले निकै फरकपन देखिन थालेको छ । पहिले तीजको अघिल्लो दिनमात्र दर खाने चलन थियो । अहिले बढ्दो व्यस्तता एवं सामाजिकीकरणका कारण महिना दिनअघिदेखि नै दर खाने–ख्वाउने क्रम सुरु भैसक्छ । दरका रूपमा प्रोटिनयुक्त तथा चिल्ला खानेकुरा खाइन्छ । नाचगानको पर्व तीजमा भगवान् शिवको आराधना गरिन्छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने परम्परा रहिआएको छ । व्रत बस्दा शरीरलाई फाइदा र बेफाइदा दुवै भैरहेको हुन्छ । 

 

कसरी व्रत बस्ने ?

निर्मला केसी

पूर्व बैंकर्स तथा योग शिक्षक 

जीवन विज्ञान 

    व्रतको विज्ञान भनेको सन्तुलित भोजन ग्रहण गर्नु र शरीरलाई स्वस्थ राख्नु हो । धेरैजसो महिला तीजमा फलफूल खाएर, पानी, सर्वत वा जुस पिएर वा केही पनि नखाई निराहार बस्छन् । 

    व्रत बस्दा दैनिक चल्ने पाचन प्रणालीले विश्राम पाउँछ र पाचन क्रिया सही रूपले संचालन 

हुन थाल्छ । 

    रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । 

    शरीरको आन्तरिक प्रणालीलाई निर्मलीकरण गरेर भित्री अंगहरूलाई स्वस्थ राख्छ । 

    रगत शुद्धीकरण हुन्छ । 

    शरीरको सबै भागमा ऊर्जा संचार हुन्छ । 

    व्रत बस्दा योगासन, प्राणायाम तथा ध्यान गर्नु प्रभावकारी हुन्छ । 

    योगासनले पसिनाको माध्यमबाट शरीरभित्रको विषाक्त पदार्थलाई बाहिर निष्कासन गर्न मद्दत पुर्‍याउँछ । 

    व्रतका समयमा सूक्ष्म व्यायामजस्तै मार्जरी आसन, परिवृत्त आसन, भरद्वाज आसन गर्दा ढाड, कम्मर, पेट तथा खुट्टा दिनभरि सहज रहन्छ । 

    प्राणायामले मनलार्ई शान्त राख्न तथा मनोशक्ति बढाउन मद्दत गर्छ, तसर्थ ३ देखि ५ मिनेटसम्म शीतली प्राणायाम गर्नु प्रभावकारी हुन्छ ।

    त्यसैगरी व्रतको समयमा शरीरलाई ऊर्जावान् राख्न, मनलाई शान्त गराउन एवं चेतनालाई सक्रिय राख्न ध्यान गर्नुपर्छ । ध्यानले शरीरमा भएको सूक्ष्म ऊर्जालाई सक्रिय तुल्याउँछ । ध्यान गर्दा सामान्य अवस्थामा बसेर भित्र आएको श्वास र बाहिर गएको श्वासलाई लामो अनि गहिरो बनाउँदै १० देखि २० मिनेटसम्म बस्नुपर्छ ।

ध्यान पुर्‍याउनुपर्ने कुरा 

    निराहार व्रत बस्नुभन्दा समय–समयमा पानी पिइरहनुपर्छ । 

    वर्षको एकपटक मात्र व्रत बस्नुभन्दा पनि साताको एकदिन पेट खाली राख्नु उत्तम हुन्छ । 

    व्रतपछि पानी अथवा ताजा फलको रस पिउनुपर्छ ।

    व्रतको भोलिपल्ट भुटेको, तारेको, चिल्लो तथा गरिष्ठ खानेकुरा खानु हुँदैन । यसले खाली भएको पेट तथा आन्द्रामा घाउ बनाउन सक्छ । 

    जाउलो, खीरजस्ता हल्का भोजन खानुपर्छ । 

    प्रोटिनयुक्त खानेकुरा तथा गेडागुडीको रस पिउनु उपयुक्त हुन्छ ।

 

 Image