Successfully Copied

मिसेस नेपालको उपाधिका लागि ३६ गृहणी मैदानमा

रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि छानिएका छन्। प्रतियोगितामा सामेल महिलाहरुले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञा

रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि छानिएका छन्।

रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराएका छन् । 

विभिन्न समुह तथा वर्गका युवा तथा युवतीको सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले यो प्रतियोगिता सामाजिक मुद्धाहरुसँग जोडेर गर्दै आएको छ । प्रतियोगितामा सामेल महिलाहरुले करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धा गर्नेछन् । 

तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अर्न्तक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, सारिरिक हाउभाउ महिला ससक्तीकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाईलहरु, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन् । 

प्रतियोगिहरुलाई पूर्व प्रधानसेनापती रुक्माङगद कटुवाल, कलाकारहरु बिरेन्द्र हमाल, संचिता लुईटेल, व्युटिसियन सुष्मा महरा, शिक्षासेवी पुर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवत्ता तथा कलाकार कृष्ण ढुङ्गाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र प्रेमर्षी, व्यवसायि अनुप के बराललगायतबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन् । त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन् । 

यस अघिको यो प्रतियोगितामा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी विजयी भएका थिए भने चन्दा थापा गिरीले अघिल्लो वर्ष सिंगापुरमा सम्पन्न अन्तराष्ट्रि प्रतियोगीता मिसेस इन्टरनेसनलमा मिसेस एसिया प्यासिफिकको उपाधि नेपालमा भित्राउन सफल भएकी थिईन् । 

 Image