Successfully Copied

आङ खस्न नदिन

आङ खस्नुको पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको पाइन्छ । कम उमेरमा विवाह गर्नु, कम उमेरमै बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवस्थामा गार्‍हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारण हुन् । कुपोषण, कब्जियत, धूम्रपानको सेवन, दमखोकी, बच्चा

पाठेघर महिलाहरूको एउटा महत्वपूर्ण प्रजनन् अङ्ग हो । भित्र खाली अनि बाहिरबाट हेर्दा नासपती आकारमा रहेको मासुको डल्लोजस्तो देखिने पाठेघर, तल्लो पेटमा पिसाबथैली र मलाशयको बीचतिर हुन्छ । पाठेघर नभएका महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाटै भएको हुन्छ । यस बाहेक पाठेघरको भित्रितह टुक्रिएर महिनावारी हुने अनि केही हार्मोनको उत्पादन र सन्तुलनमा पनि यसले मद्दत पुर्‍याउँछ । यहि पाठेघर आफ्नो स्थानबाट तल आउनु र कुनै–कुनै अवस्थामा योनिमार्ग हँुदै बाहिर आएर झुन्डिने समस्यालाई आङ खसेको भनिन्छ । 

आङ खस्नुको पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको पाइन्छ । कम उमेरमा विवाह गर्नु, कम उमेरमै बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवस्थामा गार्‍हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारण हुन् । कुपोषण, कब्जियत, धूम्रपानको सेवन, दमखोकी, बच्चा जन्मिएलगत्तै यौनसम्पर्क, मोटोपन जस्ता समस्याले पनि आङ्ग खस्ने समस्या देखा पर्ने अध्ययनहरूले देखाएका छन् ।

आङ खस्नबाट पूर्ण रूपमा रोकिन्छ भन्ने छैन, तर केही सजग भएर सावधानी अपनाए त्यस्तो सम्भावना कम हुन्छ । 

    २० वर्ष नपुगी विवाह नगर्ने, विवाह गरे पनि २० वर्ष नपुगी सन्तानको योजना नबनाउने ।

    गर्भावस्थामा स्वास्थ्यमा राम्रो ध्यान पुर्‍याउने, नियमित परीक्षण गराउने, गार्‍हो काम नगर्ने तथा भारी नबोक्ने ।

    घरमा प्रसव नगराउने, व्यथा लामो समय लगाएर नबस्ने ।

    प्रसवपछिको ४२ दिन अत्यन्त महत्वपुर्ण समय हो । यो समयमा पटुका बाध्ने, गार्‍हो काम नगर्ने तथा भारी नबोक्ने, यौनसम्पर्क नगर्ने एवं खानपान तथा सरसफाइमा राम्रो ध्यान पुर्‍याउने ।

    धूम्रपान नगर्ने । 

    उच्च रक्तचाप, कब्जियत, दीर्घखोकी, दम आदि रोगको समयमै उपचार गराउने ।

    मोटोपन नियन्त्रणका साथै नियमित व्यायाम गर्ने ।

 

 Image