Successfully Copied

कलर थिम :  रंगको सही छनोट 

सबैको चाहना हो सुन्दर घर । घर सुन्दर बनाउन रंगले विशेष भूमिका निर्वाह गर्छ । पेन्टको सहायताले घरलाई नयाँ रूप दिन सकिन्छ र त्यसले घरको आयु पनि बढाउँछ । हरेक रंगको आ–आफ्नै विशेषता हुन्छ । घर एवं कोठा रंगाउनुअघि कुन रंगसँग कुन रंगको संयोजन मिल्छ भन्ने कुराको

सबैको चाहना हो सुन्दर घर । घर सुन्दर बनाउन रंगले विशेष भूमिका निर्वाह गर्छ । पेन्टको सहायताले घरलाई नयाँ रूप दिन सकिन्छ र त्यसले घरको आयु पनि बढाउँछ । हरेक रंगको आ–आफ्नै विशेषता हुन्छ । घर एवं कोठा रंगाउनुअघि कुन रंगसँग कुन रंगको संयोजन मिल्छ भन्ने कुराको जानकारी हुनु आवश्यक हुन्छ । 

हट रेड

रातो रंगले सबैलाई आकर्षित गर्छ । त्यसैले रातो रंग सबैको प्यारो रंग हो । बेडरुम वा अन्य कोठामा रोमान्टिक लुक दिन रातो रंग छनोट गर्न सकिन्छ । पूरै कोठामा रातो रंग मात्र लगाउनुहुँदैन । एकातिरको भित्तामा रातो रंग लगाएर बाँकी भित्तामा सेतो, क्रिम वा न्युट्रल कलर लगाउँदा कोठा आकर्षक देखिन्छ । यसरी पेन्ट गर्दा दुई रंगबीच ब्यालेन्स हुन्छ र कोठा भड्किलो देखिँदैन । रेडको साटो बेरी वा चेरी रेड पनि छनोट गर्न सकिन्छ । 

कुल ब्लु 

घरमा सफ्ट लुक दिन नीलो रंग छनोट गर्न सकिन्छ । नीलो रंग धेरै प्रकारमा पाइन्छ । रोयल ब्लु, स्काई ब्लु, नेवी ब्लु, एक्वा आदि । एकातिरको भित्तामा ब्लु कलर र बाँकीमा सेतो वा क्रिम कलर पेन्ट गर्दा कोठा आकर्षक देखिन्छ । 

सनी एल्लो

ताजापनको अनुभूति गर्न एल्लो कलर छनोट गर्न सकिन्छ । एल्लो कलरसँग सेतो, क्रिम वा लाइम ग्रिन प्रयोग गर्नुपर्छ जसले कोठालाई ट्ेरन्डी लुक दिन्छ । पूरै एल्लो कलरले रंगाउनुहुँदैन । त्यसले कोठाको सुन्दरता नै बिगार्छ । एल्लो कलरसँग धेरै रंग पनि मिसाउनु हुँदैन ।

गो ग्रिन

प्रकृतिसँग नजिक रहन मन पराउनेहरूले ग्रिन कलर छनोट गर्न सक्छन् । ग्रिन कलरले घरलाई सफ्ट लुक दिन्छ । ग्रिनसँग सेतो, लाइम एल्लो तथा हल्का रंग सुहाउँछ । घरलाई सफ्ट र ट्ेरन्डी लुक दिन अलिभ ग्रिन छनोट गर्न सकिन्छ । 

भाइब्रेट ओरेन्ज

घरलाई नयाँ र भाइब्रेट लुक दिन ओरेन्ज कलर छनोट गर्नु उपयुक्त हुन्छ । ओरेन्ज कलरले पूरै कोठा रंगाउनु हुँदैन । एकातिरको भित्तामा ओरेन्ज र बाँकी भित्तामा सेतो, न्युट्रल, क्रिम आदि रंग लगाउँदा कोठा बढी खुल्छ । 

कम मूल्यमै उच्च गुणस्तरीय पेन्ट्स

शंकर बञ्जाडे,मार्केटिङ डाइरेक्टर, फेसन पेन्ट्स

फेसन पेन्ट्सको विशेषता के हो ?

नेपाली बजारमा उपलब्ध हुने पेन्ट्समध्ये हाम्रो कम मूल्यमै खरिद गर्न सकिने उच्च गुणस्तरीय उत्पादन हो । गुणस्तरमा अरू कम्पनीभन्दा फरक छैन । 

रंगलाई लामो समय टिकाउन के गर्नुपर्छ ?

धारिलो कुराले भित्ता कोर्नु हुँदैन । अहिले प्राय: बजारमा पाइने रंग वासेवल छन् । भित्तामा दाग लागे सर्फ पानीले सफा गर्न सकिन्छ ।

चाडपर्व आउँदैछन्, यसका लागि छुट वा कुनै अफर छ ?

सिजनका बेला ग्राहकलाई छुट र अफरको व्यवस्था गर्छौं । यसपटक पनि दसैं–तिहारलाई लक्षित गरेर छुट तथा अफर लागू गरेका छौं । 

नेरोल्याक जापानको नम्बर वान ब्रान्ड 

सन्तोष श्रेष्ठ, मार्केटिङ एक्ज्युकेटिभ 

नेरोल्याक पेन्ट्स

नेरोल्याक रंगको विशेषता के हो ?

नेपालमा भएको जापानको नम्बर वान ब्रान्ड हो । गो लिड फ्रि तथा न्यून भिओसी मुक्त पेन्ट्स हो । 

रंगको टिकाउ र गुणस्तरप्रति उपभोक्ता कसरी विश्वस्त हुने ?

जापानको ब्रान्ड भएकाले गुणस्तरमा कम्परमाइज हुँदैन । हामीले नेरोल्याक पेन्ट्समा ७ वर्षको वारेन्टी दिएका छौं ।

 

 Image