Successfully Copied

त्रियुगाका सक्रिय महिला

फोहोरबाट खाना पकाउने, गाडी चलाउने तथा कृषिका लागी आवश्यक, मल र ग्यांस निकाल्ने देखी लिएर खसी–कुखुरा उत्पादन, दुग्ध उत्पादन, तरकारी खेतीमा यहांका महिला व्यस्त देखिन्छन् । मेयर चौधरी भन्छन्–‘त्रियुगा नगरपालिका भित्रका करिब ७० प्रतिशत महिला उद्यमशील बनिसकेका छन् । 

‘स्वस्थ, शिक्षित, समृद्ध र उद्यमशील शहर–समावेशी, समुन्नत समृद्ध त्रियुगा नगर’ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका नेपालकै नमुना नगर मध्यको एक हो । बि.सं. २०५४ सालमा नगरपालिका घोषणा गरिएको यो क्षेत्रमा पछिल्लो समय महिला उद्यमशलिता संख्यामा निक्कै बृद्धि भएको छ । 

स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत–साधन परिचालन गरी नगरभित्रै बिबिध उद्यम तथा व्यावासायिक गतिबिधी सञ्चालन गरी यहांका महिलालाई आर्थिक शसक्तिकरणको बाटोतर्फ उन्मुख गराउन सफल भएको त्रियुगाका मेयर बलदेव चौधरी बताउँछन् ।

फोहोरबाट खाना पकाउने, गाडी चलाउने तथा कृषिका लागी आवश्यक, मल र ग्यांस निकाल्ने देखी लिएर खसी–कुखुरा उत्पादन, दुग्ध उत्पादन, तरकारी खेतीमा यहांका महिला व्यस्त देखिन्छन् । मेयर चौधरी भन्छन्–‘त्रियुगा नगरपालिका भित्रका करिब ७० प्रतिशत महिला उद्यमशील बनिसकेका छन् । 

उनीहरु आत्मनिर्भर मात्र होइन पारिवारिक र सामाजिक स्तरमा नेतृत्व तथा निर्णायककर्ता बनिसकेको अवश्था छ । महिलाकै पहलमा यस नगरपालिकामा अपराधरहित समाज निर्माणका लागी नगरदेखी घर–घरसम्मको अभियान शुरु गरिएको छ जसले घरेलु हिंसा, लागु औषध तथा मदिरापान शुन्य पार्न घरदैलो सचेतनामुलक कार्यक्रमलाइ जोड दिएको छ ।’ 

त्यति मात्र नभएर सुरक्षित घर अभियान अन्र्तगत यस नगरभित्र राष्ट्रिय बिमा संस्थानसंगको सहकार्यमा गरिब तथा विपन्न परिवारका लागी प्रतिघर १० लाखका दरले बीमा सेवा उपलब्ध गराइएको छ । यहांका निम्नस्तरका महिला समेत तरकारी खेती, पशुपालन, सौन्दर्य र सिलाइ–कटाइ तालिम पश्चात व्यावसाय लगायत अन्य घरेलु उद्यम द्धारा आर्थिक लाभ गर्न सफल भइसकेका छन् भने करिब दुइ दर्जन बढी महिला सामाजिक अगुवामा दरिएका छन् । 

त्यसका अलावा यस नगरपालिकाका १६ वटै वडामा वर्थिङ सेन्टर, खेलकुद सेन्टर स्थापना लगायत वातावरणिय हिसावले स्वस्थ र आकर्षक बनाउन बृक्षारोपण लगायतका काम सम्पन्न भइसकेको त्रियुगा विकाशका लागी सहकार्य गरिरहेका श्याम पाण्डेले बताए । पाण्डे भन्छन्–‘ यही रफ्तारमा विकाशको गति अगाडी बढ्ने हो भने यहांका महिलाले रोजगार सृजना गर्न धेरै दिन कुर्नुपर्दैन् ।’

 

 Image