Successfully Copied

अन्तिम प्रतियोगिताको तयारी

अन्तिम स्पर्धामा लागि विभिन्न विषयका विज्ञहरुबाट तालिम र कक्षा लिईरहेका सहभागीहरुले नयाँ वानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेन्ट शोमा अभियन, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकलाजस्ता विभिन्न प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए ।

बिबाहित महिलाहरुबीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफुमा अन्र्तनिहित प्रतिभा प्रदर्शन गरको छन् । रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा सहभागी ३६ जना विभिन्न पेशाकर्मी र गृहीणीहरुले ट्यालेन्ट राउण्डअन्र्तगत प्रतिभा प्रदर्शन गरेका हुन् । 

अन्तिम स्पर्धामा लागि विभिन्न विषयका विज्ञहरुबाट तालिम र कक्षा लिईरहेका सहभागीहरुले नयाँ वानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेन्ट शोमा अभियन, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकलाजस्ता विभिन्न प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेण्ट चयन गरिने र त्यसको घोषण अन्तिम स्पर्धाका दिन गरिने प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले  जानकारी गराए। ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए । प्रतियोगिताका अन्तिम स्पर्धा आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।

रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता ‘लैगिंक असमानता विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक झाले जानकारी गराए । 

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन् । त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन् । 

 

 Image