Successfully Copied

म फेसन ट्रेन फलो गर्छु – अभिनेत्री बर्षा  

अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् ।

अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् । रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् । 

कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ ।’

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउान लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाा र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो । 

‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महागो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौा’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुाच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो ।’

अभिनेत्री बर्षाबाट बुटिक किन उद्घाटन गर्नु भयो ? मिडियाले सोधेको प्रश्नमा संचालक बिष्टले भनिन् ‘अभिनेत्रीमा फेसन ट्रेन हुन्छ । उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन् ।’

बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् ।

 

 Image